Logo

२०८३, आश्विन ९गते


images
images

देवदहका १२ देखि १७ बर्षसम्मका बालबालिकालाई कोरोना खोप लगाईंदै (खोप केन्द्र सहित)

देवदहका १२ देखि १७ बर्षसम्मका बालबालिकालाई कोरोना खोप लगाईंदै (खोप केन्द्र सहित)

images
  • देवदहका १२ देखि १७ बर्षसम्मका बालबालिकालाई कोरोना खोप लगाईंदै (खोप केन्द्र सहित)
    images
    images

     राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाइ कोरोनाको खोप लगाइने भएको छ । ११ खोप केन्द्रमा माघ १७ गते र अन्यमा १८ गते गरि करिब ८ हजार बालबालिकालाई खोप लगाइने देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले बताए । 

    images
    images
    images


    बिहान साढे दश बजेबाट सुरु हुने खोप कार्यक्रम दिउँसो चार बजेसम्म रहने छ । १७ गते छुटेका बिद्यार्थीलाई १८ गते कायम हुने खोपकेन्द्रमा गएर खोप लगाउन मिल्ने स्वास्थ्य शाखाले जनाएको छ । 

    images
    images
    images


    बिद्यालयमा अध्ययन नगर्ने बालबालिकाको हकमा आफ्नो नजिकमा रहेको कुनैपनि खोपकेन्द्रमा जन्मदर्ताको प्रमाणपत्र सहित उपस्थित भएर खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । 

    images
    images
    images


    १८ बर्ष माथिका कलेजमा तथा बिद्यालयमा अध्ययनरत बिद्यार्थीले खोप कसरी लगाउने भन्ने प्रश्नमा स्वास्थ्य शाखा प्रमुख बन्जाडेले स्वास्थ्य चौकीमा खोप अभियान चलाइएकोले आफ्नो जन्मदर्ता वा नागरिकता सहित उपस्थित भएर खोप लगाउन  सकिने बताए । 

    यी हुन् सोमबारका लागि तोकिएका ११ खोप केन्द्र र उक्त खोप केन्द्रमा तोकिएका विद्यालयहरू


    १) केरवानी मावि 
    २) खड्ग मावि ( नारायण पब्लिक र मदर्सा स्कुल समेत) 
    ३) एसियन लाइट इङ्ग्लिस बोर्डिङ्ग (लक्ष्मी प्रावि, नमुना एभर ग्रीन इङ्ग्लिस बोर्डिङ्ग समेत) 
    ४) बुद्ध पब्लिक आवासिय मावि 
    ५) देवदह मावि ( कालिका आधारभुत, सन्दिप प्रावि समेत)
    ६) देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुल 
    ७) सगरमाथा आवसिय मावि ( सरस्वती शिक्षालय समेत ) 
    ८) सीता मावि ( कोलिय इङ्ग्लिस बोर्डिङ्ग स्कुल समेत) 
    ९) सिक्टहन मावि 
    १०) प्रगति मावि 
    ११) महामाया भवानी मावि (कोटही माइ  स्कुल समेत)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।