भैरहवा । रुपन्देहीको रोहिणी-३ मा सोमवार बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको भैरहवा-परासी सडक खण्ड अन्तर्गत रोहिणी-३, परासीझुवामा रोकिरहेको भारतीय नम्बर प्लेटको ट्रकमा मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर-३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउका २३ वर्षीय रोहित यादव रहेको प्रवक्ता कार्कीले जानकारी दिए । सोमवार बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ जाँदै गरेको ग ११ प ८६२५ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते दुबै जनालाई तत्काल मेडिकल कलेज भैरहवा पुर्याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको कार्कीले बताए । दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology