देवदह । रुपन्देहीको देवदहमा सुकुम्वासी तथा अव्यवस्थित बसोबास सम्बन्धि सर्वदलीय बैठक सम्पन्न भएको छ। देवदह नगरपालिका र राष्ट्रिय भूमि आयोग वीच सहमति भएको र सोहि अनुसार सुकुम्वासी तथा अव्यवस्थित बसोवासको काम अगाडि बढ्ने देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले बताए ।
पुर्वप्रधानमन्त्री केपीशर्मा ओलीको सरकारमा अगाडि बढाईएको सुकुम्वासी तथा अव्यवस्थित बसोवासको काम सरकार परिवर्तन भएसंगै रोकिएको थियो । सुकुम्वासी तथा अव्यवस्थित बसोवासको लगत संकल गर्ने काम २०७७ मंसीर देखि शुरु भएको थियो । देवदह नगरपालिकामा गत बर्ष नै १४ हजार ३ सय ५७ जना घरपरिवारको लगत संकलन गरिएको नगरपालिकाले जनाएको छ ।
भूमिहिन दलित १५७, भूमिहिन सुकुम्वासी ३ सय ६७ र अव्यवस्थित बसोवासको १३ हजार ९ सय ३३ घरपरिवारको लगत संकलन गरिएको नगरपालिकाका कर्मचारी सुरज बस्यालले जानकारी दिए। बैठकले लगत संकलन गर्न छुटफुट रहेकाको यही माघ १८ गते देखि शुरु गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । बैठकले अहिले सम्म भएगरेका कामलाई अपनत्व गर्दै बाकी कामहरु पुरा गरेर नागरिकलाई लालपुर्जा प्रदान गर्ने गरी काम अगाडि बढाईएको नगर प्रमुख हिराबहादुर खत्रीले जानकारी दिए ।
नगर प्रमुख खत्रीले आयोग र नापी कार्यालय रुपन्देहीबाट पठाएको प्राविधिक टोलीले नपुगेमा नगरपालिकाले व्यवस्थापन गर्ने गरी कामलाई तिव्रता दिने बताउदै माघ १८ गते देखि प्रत्येक वडामा लगत संकलनको काम गर्ने गरी नगरपालिका अगाडि बढेकोे बताए।बैठकमा बोल्दै देवदहका विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले नगरपालिकाले जनशक्ति बढाएर भएपनि लगत अनुसारको नापीको कामलाई तत्काल अगाडि बढाउनु पर्नेमा जोड दिदै उनीहरुले नगरपालिकाको केही योजना कटौती गरेर भएपनि सुकुम्वासी तथा अव्यवस्थितको काम गरी सहज तरिकारले नागरिकलाई लालपुर्जा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology