Logo

२०८३, आश्विन ९गते


images
images

कालिका लघुवित्तको दोस्रो त्रैमासको खुद नाफा दुई सय प्रतिशत बढि

कालिका लघुवित्तको दोस्रो त्रैमासको खुद नाफा दुई सय प्रतिशत बढि

images
  • कालिका लघुवित्तको दोस्रो त्रैमासको खुद नाफा दुई सय प्रतिशत बढि
    images
    images

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २०५.१९ प्रतिशत बढेर ८ करोड ४० लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड ७५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    images
    images
    images

    चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १६.३७ प्रतिशत बढेर १५ करोड १६ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ३ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    images
    images
    images

     

    images
    images
    images

    समिक्षा अवधिमा सञ्चालन मुनाफा ५६५.८५ प्रतिशत बढेर ६ करोड ३७ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ९५ लाख ७५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

    पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ९.७३ प्रतिशत बढेर २७ करोड ६८ लाख ८१ हजार रुपैयाँ, जगेडा कोष २६.५९ प्रतिशत बढेर २२ कराड ७ लाख १६ हजार रुपैयाँ, निक्षेप १९.०७ प्रतिशत बढेर १ अर्ब ३४ करोड ५१ लाख २८ हजार रुपैयाँ र कर्जा ३२.९७ प्रतिशत बढेर ३ अर्ब ५३ करोड ४५ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

    समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ९० पैसा बढेर ६० रुपैयाँ ७४ पैसा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २१ रुपैयाँ ८४ पैसा प्रतिशेयर आम्दानी रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.६२ गुणा रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड ६.८३ प्रतिशत र खराब कर्जा ३.८७ प्रतिशत रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कालिका लघुवित्त
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।