Logo

२०८३, श्रावण २७गते


images
images

मधेश प्रदेश

मधेशका मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेशका मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

images
  • मधेशका मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ
    images
    images

    जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    images
    images
    images

    ६ दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता यादवले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् । 

    images
    images
    images

    मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका छन् ।

    images
    images
    images

    समारोहमा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमुख्यमन्त्री लालबाबु राउत, सरोज कुमार यादव, जितेन्द्र सोनलसहित सहभागी थिए ।

    यादवलाई नेपाली कांग्रेसका २२ जना, जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेका छन् । यादवले मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।