Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

शिक्षामन्त्री पुनको गुनासो : दुई पटक सुचना प्रकाशित गर्दा पनि उपकुलपति बन्न कोही आएनन्

शिक्षामन्त्री पुनको गुनासो : दुई पटक सुचना प्रकाशित गर्दा पनि उपकुलपति बन्न कोही आएनन्

images
  • शिक्षामन्त्री पुनको गुनासो : दुई पटक सुचना प्रकाशित गर्दा पनि उपकुलपति बन्न कोही आएनन्
    images
    images

    काठमाडौँ । शिक्षामन्त्री महाबीर पुनले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा दुई पटक सूचना प्रकाशित गरेर दरखास्त आव्हान गर्दा पनि कसैले आवेदन नदिएको बताएका छन् ।

    images
    images
    images

    उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक गत कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्म समय दिएर सूचना प्रकाशन गरेकामा समय थप गरी यही मंसिर ५ गतेसम्म बढाएको थियो । तर सो समयमा पनि उम्मेदवारको निवेदन पर्न सकेको छैन ।

    images
    images
    images

    मन्त्री पुनले दुई पटक सूचना प्रकाशित गर्दा पनि कसैले इच्छा नदेखाएको भन्दै मातृभुमीलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भै १० वर्ष काम गरेको नेपाल आमाको कोहि इच्छुक देशभक्त सन्तान भएमा निवेदन दिन आग्रह गरेका छन् । 

    images
    images
    images

    उनले भनेका छन्: 'सुदुरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको लागि उपकुलपति पदको विज्ञापन २ पटक सम्म गर्दा पनि कसैको निवेदन परेन । त्यसैले मातृभुमीलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भै १० वर्ष काम गरेको नेपाल आमाको कोहि इच्छुक देशभक्त सन्तान हुनुहुन्छ भने कृपया निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस ।'

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपकुलपति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।