काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएएको भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताएकि छन् ।
आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस विषयमा आफू अनविज्ञ रहेको बताईन् ।
आफूले पनि सञ्चारमाध्यमबाट नै राजीनामाको जानकारी पाएको बताउँदै उनले शनिवार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने विश्वास व्यक्त गरिन् । किन राजीनामा दिनुभएको हो भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने उनले बताईन् ।
उपकुलपति प्रा. डा. बरालले शनिवार विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका थिए । उनले बिरामीको कारण देखाउँदै राजीनामा दिएका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology