Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा महिला र बालिकाको बेवारिसे शव भेटियो

देवदहमा महिला र बालिकाको बेवारिसे शव भेटियो

images
  • देवदहमा महिला र बालिकाको बेवारिसे शव भेटियो
    घटनास्थल क्षेत्रमा पुगेका स्थानीयहरू
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा एक महिला र बालिकाको बेवारिसे शव फेला परेको छ ।  नगरपालिकाको घोडाहास्थित जङ्गलमा मंगलबार एक महिला र एक बालिकाको शव फेला परेको हो । 

    images
    images
    images

    पुर्वपश्चिम् राजमार्गको दक्षिणतर्फ घना जंगलमा अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ५ वर्षकी बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । शव भेटिएको स्थान रक्ताम्य रहेकोले कसैले हत्या गरेर शव बेवारिसे छाडेको हुन सक्ने स्थानीयको भनाइ छ ।

    images
    images
    images


     शवको पहिचान खुल्न नसकेको र पोस्टमार्टम तथा थप अनुसन्धानका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।