Logo

२०८३, आश्विन ९गते


images
images

नेशनल हेराल्ड मुद्दा

सोनिया गान्घी र राहुल गान्धीविरुद्ध एफआइआर दर्ता

सोनिया गान्घी र राहुल गान्धीविरुद्ध एफआइआर दर्ता

images
  • सोनिया गान्घी र राहुल गान्धीविरुद्ध एफआइआर दर्ता
    images
    images

    काठमाडौँ । भारतीय नेशनल काँग्रेसकी अध्यक्ष सोनिया गान्घी र राहुल गान्धीविरुद्ध एफआइआर दर्ता गरिएको छ । नेशनल हेराल्ड मुद्दामा सोनिया गान्धी र राहुल गान्धीविरुद्ध एफआईआर दर्ता गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    मुद्धा दर्ता भएपछि वरिष्ठ वकिल तथा कांग्रेस नेता अभिषेक मनु सिंघवीले नेशनल हेराल्ड मुद्दा एउटा अनौठो उदाहरण हो जहाँ कुनै पनि मौद्रिक लेनदेन वा लाभ बिना नै मनी लान्ड्रिङको मुद्दा बनाइएको आरोप लगाएका छन् ।

    images
    images
    images

    उनले भने- 'नेशनल हेराल्डको मूल कम्पनी एसोसिएटेड जर्नल्स लिमिटेड धेरै पुरानो कम्पनी हो । यो कम्पनीले ब्रिटिश कालमा पनि बेलायतीहरूको विरुद्धमा उभिएको थियो । अखिल भारतीय कांग्रेस समितिले विभिन्न समयमा कम्पनीलाई ऋण प्रदान गरेको थियो, जुन एक समयमा ९० करोड थियो ।'

    images
    images
    images

    सिंघवीले कम्पनीलाई बलियो बनाउन यसको ऋणलाई इक्विटीमा परिणत गरिएको थियो र ऋणलाई इक्विटीमा परिणत गर्न अर्को कम्पनी, यंग इन्डियन गठन गरिएको थियो । यसरी, एजीएलको शेयर होल्डिङ यंग इन्डियनको हातमा आयो । यो सम्पूर्ण प्रक्रियामा न त पैसा न त सम्पत्ति हस्तान्तरण गरिएको थियो ।

    उनले यस विषयमा कुनै सरकारी गुनासो नभएको बेला, ईडीलाई मुद्दामा संलग्न गराउन सकिँदैन किनभने ईडी ऐनले केवल एक अधिकार प्राप्त अधिकारीले मात्र उजुरी दर्ता गर्न सक्ने उनले बताए ।

    आइतबार, प्रवर्तन निर्देशनालय (ईडी) को उजुरीको आधारमा, दिल्ली प्रहरीले नेशनल हेराल्ड मुद्दामा सोनिया गान्धी र राहुल गान्धी विरुद्ध एफआईआर दर्ता गरेको बताइएको छ । कांग्रेसका सञ्चार प्रमुख जयराम रमेशले भाजपाको आलोचना गर्दै सम्पूर्ण मुद्दालाई झूटो र आधारहीन भनेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।