Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

कुलमान र बालेनको भेटप्रति महेश बस्नेतको टिप्पणी : यी दुई सँगै हुँदा देशले कुन हदसम्मको विनाश देख्नु पर्ने हो !

कुलमान र बालेनको भेटप्रति महेश बस्नेतको टिप्पणी : यी दुई सँगै हुँदा देशले कुन हदसम्मको विनाश देख्नु पर्ने हो !

images
  • कुलमान र बालेनको भेटप्रति महेश बस्नेतको टिप्पणी : यी दुई सँगै हुँदा देशले कुन हदसम्मको विनाश देख्नु पर्ने हो !
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले उर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका प्रमुख बालेन शाहबीचको भेटका बारेमा टिप्पणी गरेका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले कथित 'देश बनाउने अभियान' भन्दै यी दुईसँगै हुँदा देशले कुन हदसम्मको विनाश देख्नु पर्ने हो भन्दै प्रश्न गरेका हुन् ।

    images
    images
    images

    बस्नेतले मन्त्री बनेपछि कुलमानले आफ्नालाई ठेक्का दिने नियतका साथ पुराना ठेक्काहरू धमाधम रद्द गरेको र बालेनको बनाउनभन्दा भत्काउनमा जोड दिएको र  पूँजीगत खर्च २०-२२ प्रतिशत मात्र रहेको तथा काठमाडौंका सडकहरूमा लगाइएको लाइटमा भ्रष्टाचारको गन्ध, एम्बुलेन्स खरिदमा कमिसन प्रकरण र सिंहदरबार जलाउने मतियार भएको आरोप लगाएका छन् ।

    images
    images
    images

    उनले भनेका छन् : 

    कुलमानले ८ वर्षसम्म विद्युत प्राधिकरणको नेतृत्व गरे, तर प्राधिकरण बनेन । ऋण लिएर चलाउनु पर्ने अवस्था, पूर्वाधारहरूको बिजोग ! भ्रष्टाचार उस्तै, अख्तियारमा फाइलको चाङ । मन्त्री बनेपछि आफ्नालाई ठेकेदारी दिने नियतका साथ पुराना ठेक्काहरू धमाधम रद्द, मजदूरको बेहाल । 

    अर्को, बालेनले काठमाडौं महानगरको नेतृत्व सम्हालेको साढे तीन वर्ष नाघ्यो । बनाउन भन्दा भत्काउनमा जोड ! पूँजीगत खर्च २०/२२ % मात्र । अरू त अरू काठमाडौं सडकहरूमा लगाइएको लाइटमा भ्रष्टाचारको गन्ध, एम्बुलेन्स खरिदमा कमिसन प्रकरण । सिंहदरबार जलाउने मतियार !

    अब, कथित 'देश बनाउने अभियान' भन्दै यी दुई सँगै हुँदा देशले कुन हदसम्मको विनाश देख्नु पर्ने हो, हे बरै !

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुलमान
  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।