राहुल सापकोटा, देवदह । रुपन्देहीको देवदहमा 'तपाईंको माक्स खोइ !' अभियान चलाइएको छ । नेपाल प्रहरी, देवदह र देवदहमा क्रियाशिल पत्रकारहरुको संयुक्त प्रयासमा उक्त अभियान चलाइएको हो ।
जनसमुदायलाई महामारीको अवस्थामा माक्सको प्रयोग, हातधुने र सामाजिक दुरी कायम गर्ने लगायतका विषयमा सचेत गराउने उद्देश्यले उक्त अभियान चलाएको थियो ।
देवदह प्रहरी कार्यालयका इन्स्पेक्टर दिपक महत क्षेत्री, सेतोमसी अनलाइनका सम्पादक विष्णु पोखरेल र गुराँस अनलाइनका प्रमुख निर्मल एस. पि. मगर लगायतद्वारा नेतृत्व गरिएको उक्त अभियानमा देवदहको घोडाहा, शितलनगर, खैरेनी लगायतका स्थानमा पुगी माक्सको प्रयोग गर्न अनुरोध गर्दै बिना माक्स हिड्नेहरुलाइ नि:शुल्क माक्स समेत उपलब्ध गराइएको थियो ।
अभियानमा सेतोमसी अनलाइनका नवलपरासी प्रतिनिधि रेशम अधिकारी, देवदह प्रतिनिधि राहुल सापकोटा, गुराँस अनलाइनका प्रतिनिधि भरत नेपाली, कामना दैनिकका देवदह प्रतिनिधि सुरज भट्टराई र नेपाल प्रहरी, देवदहमा कार्यरत प्रहरीहरुको सहभागीता रहेको थियो ।
उक्त अभियानमा नि:शुल्क माक्स बितरणका लागि देवदह पोलिक्लिनिकले माक्स सौजन्य गरेको थियो ।



Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology