Logo

२०८३, आश्विन ९गते


images
images

सिन्च्याङमा पहिलो टेस्ला केन्द्र 

सिन्च्याङमा पहिलो टेस्ला केन्द्र 

images
  • सेतोमसी सहकर्मी
  • सिन्च्याङमा पहिलो टेस्ला केन्द्र 
    images
    images

    हाल विश्वको विद्युतीय मोटर गाडी प्रसिद्ध मार्का टेस्लाले सिन्च्याङको पहिलो टेस्ला केन्द्र अर्थात् ऊरुमुछी टेस्ला केन्द्र खोलेको कुराको घोषणा गरेको छ।  टेस्लाका सम्बन्धित जिम्मेवार व्यक्तिकाअनुसार, सिन्च्याङमा नयाँ ऊर्जा स्रोत मोटर गाडीको ठूलो बजार र नयाँ ऊर्जा स्रोतको राम्रो नीतिले टेस्ला लगायतका नयाँ उर्जा स्रोत उद्योग-व्यवसायलाई चीनको उत्तर-पश्चिममा विकासको अवसर खोज्न सघाउनेछ। 

    images
    images
    images

    ऊरुमुछीस्थित टेस्ला केन्द्र सिन्च्याङको सबैभन्दा ठूलो मोटर गाडी पार्कमा पर्दछ। टेस्ला केन्द्रको क्षेत्रफल १६२० वर्गमिटर छ। यो ऊरुमुछीको टेस्ला केन्द्र टेस्लाले सिन्च्याङमा खोलेको पहिलो पसल हो भने चीनको उत्तर-पश्चिममा खोलेको एघारौं पसल हो। हाल टेस्लाले चीनमा २११ वटा पसल खोलेको छ र चीनको मुख्यभूमिका ६० वटा शहर ढाकेको छ। 

    images
    images
    images

    ऊरुमुछीको टेस्ला केन्द्रमा टेस्लाका तीन किसिमका नयाँ ऊर्जा स्रोत मोटर गाडी प्रदर्शन गरिन्छ। टेस्लाको “स्रोतको किफायत” र पैसाको किफायतको विशेषताले धेरै उपभोक्तालाई अवलोकन गर्न आकर्षित गर्छ। ऊरुमुछीका नागरिक रभुखाइथीच्याङ भन्छन् “मेरो मोटर त पेट्रोल गाडी हो। मेरो गाडीमा पेट्रोलको खपत हुन्छ। म प्रतिदिन सत्तरी वा असी किलोमिटरको दूरी चढ्ने हो भने एक महिनामा पेट्रोलको खर्च करीब दुई हजार चिनियाँ युआन बराबर छ। मेरो साथीले विद्युतीय मोटर गाडी चढ्छन्। साथीले भने, तीन हजार किलोमिटरको दूरीमा एक सय चिनियाँ युआनको बिजुली शूल्क भए पुग्छ।”

    images
    images
    images

    हालैका वर्षहरूयता सिन्च्याङमा नयाँ ऊर्जा स्रोत मोटर गाडीको संख्यामा क्रमशः वृद्धि भैरहेको छ। हालसम्म सिन्च्याङमा नयाँ ऊर्जा स्रोत मोटर गाडीको संख्या करीब पचास हजार पुगेको छ। सन् २०२१का अघिल्ला सात महिनामा ऊरुमुछीको नयाँ ऊर्जा स्रोत मोटर गाडीको बिक्री मात्रामा सन् २०२० को सोही अवधिको तुलनामा २९८.२९प्रतिशतले वृद्धि भएको थियो। टेस्लाअन्तर्गत चीनको पश्चिमी क्षेत्र शाखाका जिम्मेवार व्यक्ति हु स्याउल्याङले सिन्च्याङमा नयाँ ऊर्जा स्रोत मोटर गाडीको ठूलो बजार छ। उहाँ भन्नुहुन्छ “सिन्च्याङमा फराकिलो जमीन र थोरै मानिस छ। उपभोक्तालाई अझै राम्रो सेवा उपलब्ध गराउनका लागि हामीले सिन्च्याङमा एक सेवा केन्द्रको स्थापना गर्‍यौं।”

    हालै सिन्च्याङले नयाँ ऊर्जा स्रोत मोटर गाडीको विकासमा महत्व दिएको, नयाँ ऊर्जा स्रोत मोटर गाडी व्यवसायको विकासको समर्थन दिएको छ।  टेस्लाअन्तर्गत चीनको पश्चिमी क्षेत्र शाखाका जिम्मेवार व्यक्ति हु स्याउल्याङ भन्नुहुन्छ “ऊरुमुछीस्थित टेस्ला केन्द्र टेस्लाले सिन्च्याङमा सेवालाई विस्तार गर्ने महत्वपूर्ण आरम्भ हो। टेस्लाले सिन्च्याङका उपभोक्तालाई उच्च गुणस्तरको सेवा उपलब्ध गराउने छ।”

    ऊरमुछीबाहेक, टेस्लाले सिआन, लानचौ, यिनछ्वानलगायतका उत्तर-पश्चिमी क्षेत्रमा एघार वटा पसल खोलेको छ। हु स्याउल्याङकाअनुसार, टेस्लाले ग्राहकको आवश्यकताका लागि अझै राम्रो सेवा दिनुका साथै निरन्तर रुपमा विजुली चार्ज सञ्जाल र सेवा सञ्जालको सुधार गर्ने छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।