Logo

२०८३, आश्विन ९गते


images
images

प्रतिनिधि सभा निर्वाचन

सरकार निर्वाचनतर्फ अग्रसर नभएको एमाले महासचिव पोखरेलको आरोप

सरकार निर्वाचनतर्फ अग्रसर नभएको एमाले महासचिव पोखरेलको आरोप

images
  • सरकार निर्वाचनतर्फ अग्रसर नभएको एमाले महासचिव पोखरेलको आरोप
    images
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार निर्वाचनतर्फ अग्रसर नभएको आरोप लगाएका छन् ।

    images
    images
    images

    महासचिव पोखरेलले वर्तमान सरकार निर्वाचनतर्फ अग्रसर नभएको र निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने कुनै संकेत नदेखिएको टिप्पणी गरेका छन् । उनले बरु उल्टै सरकारका काम र क्रियाकलाप राजनीतिक दलहरुका गतिविधिलाई निरुत्साहित गर्ने र समाजमा अराजकता, भय र अशान्तिको वातावरण सिर्जना गर्नेमा लक्षित देखिएको बताएका छन् ।

    images
    images
    images

    उनले एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको उल्लेख गर्दै केन्द्रीय कमिटी १०औं बैठकको निर्णयअनुसार निर्वाचन आयोगमा दल दर्ता गरेको स्पष्ट गरेका हुन् ।

    images
    images
    images

    पोखरेलले सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट भएको र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको बताउदै निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फाल्गुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा भएको बताएका छन् ।

    महासचिव पोखरेलले २३ र २४ गतेको विध्वंसात्मक घटनाका कारणले घाइते बनेको संविधानलाई पुनः क्रियाशील बनाउन, नवयुवा (जेन्जी) हरुको भावनाको सम्वोधन गर्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभाको पुनस्थापना अपरिहार्य भएको समेत दाबी गरेका छन् । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।