Logo

२०८३, श्रावण २७गते


images
images

कृषि मेला

बुटवलको कृषि मेलाका लागि कार्यसम्पादन समिति गठन

बुटवलको कृषि मेलाका लागि कार्यसम्पादन समिति गठन

images
  • बुटवलको कृषि मेलाका लागि कार्यसम्पादन समिति गठन
    images
    images

    देवदह । बुटवलमा सञ्चालन हुने कृषि मेलाको कार्यसम्पादन समिति तथा सचिवालय समिति गठन गरिएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १४ देखि १८ गतेसम्म हुने कृषि मेलाको लागि सचिवालय समिति गठन गरिएको हो ।  

    images
    images
    images

    सोमवार बसेको कार्यसमिति बैठकले कार्यसम्पादन समिति सहित सचिवालय समिति गठन गरेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार कार्यसम्पादन समितिको संयोजकमा संघका अध्यक्ष हरिप्रसाद अर्याल रहेका छन् । मेला मुल्यांकन समितिको संयोजकमा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूलाई जिम्मेवारी प्रदान गरिएको छ । 

    images
    images
    images

    कार्यसम्पादन समितिको सह-संयोजकमा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उप-संयोजकमा उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई तथा सदस्य सचिवमा महासचिव मुक्तिप्रसाद अधिकारी चयन भएका छन् । 

    images
    images
    images

    त्यस्तैगरी आर्थिक व्यवस्थापन संयोजकमा कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, समारोह व्यवस्थापन संयोजकमा सचिव प्रतिक पोखरेल र अतिथि सत्कार तथा उपहार व्यवस्थापन संयोजकमा सह-कोषाध्यक्ष धनकुमारी खनाललाई जिम्मेवारी दिईएको छ । 

    यस्तै कार्यसमितिका सदस्यहरुलाई विषयगत समितिको जिम्मेवारी प्रदान गरिएको छ भने संघका अध्यक्ष अर्यालकै संयोजकत्वमा सचिवालय समिति गठन गरिएको छ । सचिवालय समितिको सदस्यहरुमा संघका पदाधिकारीलाई राखिएको छ । 

    कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि संघले २०६२ सालदेखि विशिष्टिकृत कृषि मेला गर्दै आएको छ । संघले यो बर्ष गर्न लागेको कृषि मेलालाई नमुना कृषि मेलाका रुपमा सञ्चालन गर्नेगरी तयारी गरेको जनाएको छ । अध्यक्ष अर्यालका अनुसार नेपालमा परम्परागत रुपमा हुँदै आएको कृषि प्रणाली पछिल्लो समयमा व्यवसायिकता तर्फ बामे सर्न लागेको भएतापनि यसलाई अझै बैज्ञानिक र प्रतिस्पर्धी रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने कुरामा मेलाले विशेष जोड दिनेछ ।  

    मेलामा कृषिजन्य उत्पादनहरुको प्रदर्शनी, बिक्रि वितरण, कृषि प्रविधि, औजार तथा उपकरणको प्रदर्शनी तथा विक्रि वितरण, किसान, उपभोक्ता, सेवा प्रदायक संस्थाहरु र सरकार बिच अन्तरक्रिया लगायतका कार्यक्रम गरिने जनाइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृषि मेला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।