Logo

२०८३, श्रावण २७गते


images
images

बुटवलमा आगामी माघमा कृषि मेला हुने

बुटवलमा आगामी माघमा कृषि मेला हुने

images
  • बुटवलमा आगामी माघमा कृषि मेला हुने
    images
    images

    बुटवल । बुटवलमा आगामी माघमा कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा यहि माघमा कृषि मेला गर्न लागिएको हो । सोमवार बसेको कार्यसमिति बैठकले आगामी माघको १४ देखि १८ गतेसम्म बुटवलको प्रदर्शनी स्थल ‘बुटवल मण्डप’मा कृषि मेला गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए । 

    images
    images
    images

    कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि संघले २०६२ सालदेखि विशिष्टिकृत कृषि मेला गर्दै आएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगामी माघमा आयोजना गर्न लागिएको कृषि मेलालाई नमुना कृषि मेलाका रुपमा आयोजना गर्ने निर्णय गरिएको हो । 

    images
    images
    images

    नेपालमा परम्परागत रुपमा हुँदै आएको कृषि प्रणाली पछिल्लो समयमा व्यावसायिक रुपमा सुरुवात भएको र यसलाई अझै कसरी बैज्ञानिक बनाउन सकिन्छ र कसरी प्रतिस्पर्धी क्षमताको विकास गर्न सकिन्छ  भन्ने कुरामा विशेष ध्यान दिईने अध्यक्ष अर्यालले बताए । 

    images
    images
    images

    उहाँका अनुसार कृषि प्रणालीको विकास र प्रर्वद्धनका लागि किसान, सेवा प्रदायक संस्थाहरु, उपभोक्ता र सरकार बिचको तारतम्य मिल्न आवश्यक छ । ‘मेलामा यी चार संयन्त्रको तारतम्य कसरी मिलाउन सकिन्छ भन्ने कुराको समेत खोजी हुनेछ’, उनले भने । त्यसैगरी कृषिजन्य उत्पादनहरुको प्रदर्शनी, बिक्रि वितरण, कृषि प्रविधि, औजार तथा उपकरणको प्रदर्शनी तथा विक्रि वितरण, किसान, उपभोक्ता, सेवा प्रदायक संस्थाहरु र सरकार बिच अन्तरक्रिया लगायतका कार्यक्रम गरिने छ । 

    त्यसैगरी कार्यसमिति बैठकले मजदुर नेता कमल गौतमको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बुटवल निवासी जिफण्टका केन्द्रीय उपाध्यक्ष गौतमको यहि कात्तिक १३ गते ट्रंक लाईन विवादमा भैरहवामा आयोजना गरिएको उद्योगीहरुको विरोध प्रदर्शनमा मन्तव्य राख्ने क्रममा वेहोस भई लडेर मृत्यु भएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृषि मेला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।