Logo

२०८३, श्रावण २७गते


images
images

विशेष महाधिवेशन

काँग्रेस नयाँ सभापतिको हस्ताक्षर लिएर चुनावमा जान्छ : महामन्त्री थापा

काँग्रेस नयाँ सभापतिको हस्ताक्षर लिएर चुनावमा जान्छ : महामन्त्री थापा

images
  • काँग्रेस नयाँ सभापतिको हस्ताक्षर लिएर चुनावमा जान्छ : महामन्त्री थापा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस नयाँ सभापतिको हस्ताक्षर लिएर चुनावमा जाने बताएका छन् ।

    images
    images
    images

    कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टी चुनावमा जाने निर्णय गरेपछि काँग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवाकै हस्ताक्षर लिएर चुनावमा जाने चर्चा भइरहेका बेला महामन्त्री थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    images
    images
    images

    उनले काँग्रेसले विशेष महाधिवेशनबाट नयाँ सभापति चयन गरेर नयाँ सभापतिको हस्ताक्षरमा चुनाव लड्ने बताएका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्: बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भने; होइन । 

    साथीहरूले फेरी सोध्नुभयो कसरी ? मैले भने; प्रष्ट छ- अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।

    यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौं ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।