Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभा निर्वाचन

निर्वाचनमा भाग लिने काँगेसको निर्णय

निर्वाचनमा भाग लिने काँगेसको निर्णय

images
  • निर्वाचनमा भाग लिने काँगेसको निर्णय
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।  

    images
    images
    images

    बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभा निर्वाचनको मितिको निर्वाचन घोषणा भइसकेको अवस्थामा मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय भएको जानकारी दिएका छन् । 

    images
    images
    images

    प्रवक्ता महतले  प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको पनि बताए ।  साथै कांग्रेसले तत्काल शान्ति सुरक्षाको व्यवस्था मिलाउन र निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

    images
    images
    images

    कांग्रेसले लहड वा आवेगमा राजनीतिक दल र नेताहरुलाई प्रतिबन्ध लागाउने कार्यले लोकतन्त्रको हित नगर्ने भन्दै संवाद र वार्ताबाट समस्याको समाधान निकाल्न सबैलाई आग्रह गरेकोछ ।

    प्रवक्ता महतले महाधिवेशन बारे नेताहरु सहमति नजिक पुगेको र मङ्सिर ११ गते फेरी बैठक बस्न लागेको बैठकले आवश्यक निर्णय लिने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।