Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको ज्यान गयो

रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको ज्यान गयो

images
  • रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको ज्यान गयो
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । देवदहको वडा नं ६ खैरेनी स्थित कृष्ण क्षेत्रीको घरमा झालर टाँग्ने क्रममा करेन्ट लागेर बुलिङ्टार-१, नवलपुर निवासी २९ बर्षिय देवबहादुर आलेको मृत्यु भएको देवदह प्रहरी चौकीका वरिष्ठ सई कवि सेन्चुरीले जानकारी दिए । 

    images
    images
    images

    क्षेत्रीको घरमा बिहेको लागि झालर टाग्न गएका आलेलाई बिहिवार विहान ११ः४५ मा घरमाथी रहेको ११ केभिएको विद्याुत लाईनको झट्का लागेको र अचेत अवस्थामा देवदह मेडिकल कलेज भलुही पुर्याएपनि उननलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । मेडिकल कलेजका डाक्टर पुष्पराज श्रेष्ठको टिमले करिव १ घन्टा कृतिम श्वास प्रश्वास र पम्पीड लगाएतका कार्यहरु गरेपनि सफल नभएको र २ बजे उनलाई मृत घोषित गरेको अस्पताल श्रोतले जनायो । 

    images
    images
    images

    यसअघि तिहारको बेला समेत झालर टाँग्ने क्रममा हाइटेन्सनको करेन्ट प्रवाह हुँदा क्षेत्रीको घरमा केही ईलेक्ट्रिक सामग्रिहरुमा क्षती पुगेको र खैरेनी क्षेत्रको विद्युत सट भएको देवदह व्यापार संघका उपाध्यक्ष हरिलाल भण्डारीले बताए ।

    images
    images
    images

    देवदह खैरेनीको हाइटेन्सन लाईनको तल धेरै घरहरु रहेको र ति घरमा काम गर्ने क्रममा यसअघि पनि विभिन्न समयमा करेन्ट लाग्ने गरेको स्थानीयले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # करेन्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।