Logo

२०८३, आश्विन १०गते


images
images

वाइवाइ-करेन्ट विवाद

मुद्दा नटुंगिदासम्म करेन्टलाई ट्रेडमार्क नदिन आदेश, कम्पनी भन्छ - विक्री वितरणमा रोक छैन

मुद्दा नटुंगिदासम्म करेन्टलाई ट्रेडमार्क नदिन आदेश, कम्पनी भन्छ - विक्री वितरणमा रोक छैन

images
  • मुद्दा नटुंगिदासम्म करेन्टलाई ट्रेडमार्क नदिन आदेश, कम्पनी भन्छ - विक्री वितरणमा रोक छैन
    images
    images

    काठमाडौं । करेन्ट नुडल्स र वाइवाइ चाउचाउबीच चलिरहेको ट्रेडमार्कसम्बन्धी विवादमा उच्च अदालतले अन्तिम निर्णय नआउँदासम्म ट्रेडमार्क दर्ता प्रक्रियालाई यथास्थितिमा राख्न आदेश दिएको छ ।

    images
    images
    images

    उद्योग विभागले करेन्ट चाउचाउको ट्रेडमार्क दर्ता गरेको विरोधमा वाइवाइले मुद्दा दर्ता गरेको थियो । ब्रान्ड फरकफरक भए पनि करेन्टको र्‍यापर वाइवाइ चाउचाउसँग मिल्दोजुल्दो रहेकाले त्यो खारेज गर्न भन्दै वाइवाइले विभागमा उजुरी दिएको थियो । तर, उद्योग विभागले २९ जेठ २०८० मा ब्रान्डको नाम नै फरक रहेकाले यसमा ट्रेडमार्क चोरी नहुने र करेन्टको ट्रेडमार्क दर्ता हुने ठहर्छ भन्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    त्यसमा चित्त नबुझाएर वाइवाइले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । सो मुद्दा किनारा नलाग्दै उद्योग विभागले करेन्टलाई प्रमाणपत्र दिन लागेको भन्दै सीजी फुड्सले त्यो रोक्न अन्तरिम आदेशको माग गर्दै पाटन उच्च अदालतमै अर्को मुद्दा दायर गरेको थियो ।

    images
    images
    images

    यो मुद्दामा न्यायाधीश ध्रुवराज नन्द र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले पाटन उच्च अदालतमै मुल मुद्दा विचाराधीन रहेको हुँदा सो मुद्दाको टुंगो नलागेसम्म करेन्ट चाउचाउको ट्रेडमार्क दर्ताका विषयमा उद्योग विभागले गत जेठमा गरेको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको हो ।

    ‘यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेका ट्रेडमार्कका हकमा सुरु तहले गरेको निर्णयको न्यायिक परीक्षण भई अन्तिम टुङ्गो लाग्नसमेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभागबाट २९ जेठ २०८० मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो,’ अदालतको अन्तरकालीन अन्तरिम आदेशमा भनिएको छ ।

    करेन्ट चाउचाउको उत्पादक एसोदा फुड्स प्रालिले एक विज्ञप्ति जारी गर्दै आदेशको गलत व्याख्या गरी उत्पादन विक्री वितरणमा मै अदालतले रोक लगाएको भ्रम फैलाईएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

    ‘करेन्ट चाउचाउको बिक्री वितरणमा रोक लगाइएको होइन, उद्योग विभागले यसअघि गरेको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न भन्ने आदेश आएको हो,’ करेन्ट चाउचाउका तर्फबाट वकालत गरेका विप्स ल एसोसियट्सका अधिवक्ता दामोदर तिम्सिनाले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।