इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ। विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका(५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यू भएको प्रहरीले जनाएको छ। 

images
images
images

इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका(८ स्थित महभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो।

images
images
images

कुँवरको शव डढेको अवस्थामा विजुलीको पोलबाट खसेको थियो। मृतकको शवलाई पोष्टमार्टमका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रकाश जवेगूले जानकारी दिएका छन्।

images
images
images