Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधी सभा निर्वाचन

मतदाता खोजीमा दल मौन, युवा सक्रिय : देवदहमा जेनजी उमेर समूहको मत झन्डै १५ हजार

मतदाता खोजीमा दल मौन, युवा सक्रिय : देवदहमा जेनजी उमेर समूहको मत झन्डै १५ हजार

images
  • मतदाता खोजीमा दल मौन, युवा सक्रिय : देवदहमा जेनजी उमेर समूहको मत झन्डै १५ हजार
    images
    images

    देवदह । जेनजी आन्दोलनपछि देश प्रतिनिधी सभा निर्वाचनमा होमिएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आसन्न फाल्गुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने निर्णय गरेसंगै निर्वाचन आयोगले तयारी सुरु गरेको छ । उमेर पुगेका नयाँ मतदाताहरुलाई मताधिकारको व्यवस्था गर्न परिचय पत्र निर्माणका काम धमाधम भैरहेका छन् ।

    images
    images
    images

    यसैक्रममा देवदहमा पनि केही युवाहरुले स्वत: स्फुर्त रुपमा मतदाता नामावलीमा नाम प्रविष्ट गर्ने कार्यमा सहयोग गरिरहेका छन् । जसमा स्थानीय युवाहरु नविन लुइँटेल, विमल भुसाल, समज्ञा अधिकारी, गोपाल पाण्डे, थानेश्वर लम्साल (एकलव्य), कल्पना पाठक, निश्चल अर्याल, सुस्मिता ढकाल, ज्योति काफ्ले, धुर्व लामिछाने, कश्यप पाण्डे, शिशिर कंडेल, रोहित वाग्ले, आविष्कार सुनार, नविन पाण्डे लगायतले सहजीकरण गरिरहेका छन् ।

    images
    images
    images

    मतदाता नामावली संकलन अभियानमा सक्रिय युवा नविन लुइँटेलका अनुसार उनीहरुको समूहले हालसम्म तीन हजार पाँच सय बढी युवाहरुको नाम मतदाता सूचीमा प्रविष्ट गरिसकेको छ । आफुहरुले चार हजारदेखि चार हजार पाँच सय जनासम्मको नाम मतदाता नामावलीमा प्रविष्ट गराउने अभियन्ताहरुले जनाएका छन् ।   

    images
    images
    images

    दल मौन, युवा सक्रिय

    हिंजो मतदाता सूचीमा नाम दर्ता गराउने कार्य राजनीतिक दलको विषय जस्तो देखिन्थ्यो । गाडीमा मान्छे भरेर निर्वाचन कार्यालयमा लैजान स्थानीय दलका नेताहरुको राम्रै दौडधुप र लगानी हुन्थ्यो । तर, अहिले केही परिवर्तन देखिएको छ । दलहरुले पनि आफ्नो च्यानलबाट काम गरिरहेका होलान् नै तर पहिले जस्तो उत्साह उनीहरुमा देखिएको छैन । दलका नेता कार्यकर्ताको सट्टामा स्वतन्त्र युवाहरुले मतदाताको खोजी गरिरहेका छन् । 

    gen z.jpg
    देवदह-२ मा सहजीकरण गर्दै युवाहरू   

    जेनजी आन्दोलनपछिको 'जेनजी सरकार' अनि दलहरु मौन र स्वतन्त्र युवाहरुमा जागरण देखिनुले आसन्न प्रतिनिधिसभा निर्वाचनमा मात्र नभएर आगामी प्रदेश सभा निर्वाचन र स्थानीय तह निर्वाचनमा समेत फरक नतिजा आउने आंकलन गर्न थालिएको छ ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार देवदहमा अहिले नयाँ थपिने मतदाताको संख्या करिव आठ हजार रहेको छ । २०७८ सालमा १४-१५ वर्षको रहेका बालबालिका अहिले युवा भएका छन् र उनीहरुले पहिलो पटक मतदान गर्नेछन् । तथ्यांक अनुसार यो संख्या सात हजार ४१५ छ ।  जसमा ३ हजार ७०७ पुरुष र तीन हजार ७०८ महिला रहेका छन् । 

    जेनजीको मत झन्डै १५ हजार 

    जेनजी उमेर समूह अर्थात २८ वर्षभित्रको युवा मत देवदहमा करिव १४ हजार ४०० छ । जुन देवदह नगरपालिकाको जुनसुकै पदमा उम्मेदवारी दिएपनि सहजै जीत निकाल्न सक्ने संख्या हो । यो संख्या देवदहको मेयर वा उपमेयर जित्न मात्र होइन, प्रदेश सभा र फाल्गुनमा हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा समेत निर्णायक हो । 

    त्यसो त जेनजी उमेर समूहका युवाको मत एकलौटी एउटै उम्मेदवारलाई पर्ने सम्भावना भने कम छ । राजनीतिक दलका विद्यार्थी वा युवा संगठनहरुमा संगठित युवाहरुको संख्या पनि देवदहमा उल्लेख्य छ । उनीहरुले आफ्ना दलका उम्मेदवार जिताउन आफ्नो मतको प्रयोग गर्ने देखिन्छ । साथै स्वतन्त्र नागरिकहरुले पनि नयाँ दल वा नयाँ दलको/स्वतन्त्र उम्मेदवारको खोजी गर्न सक्नेछन् । जुन २०६४ को निर्वाचन र यसअघिका निर्वाचनमा पनि देखिएको छ ।

    देवदहका हालका नगर प्रमुख ध्रुवप्रसाद खरेलले १२ हजार ९४३ मत प्राप्त गरेर निर्वाचन जितेका थिए । उनका निकटम प्रतिष्पर्धी नेपाली काङ्ग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार हिरा बहादुर खत्रीले ११ हजार ३२३ मत प्राप्त गरेका थिए ।

    २०७९ सालमा कुल ४८ हजार २९१ मतदाता रहेकोमा देवदहमा ३६ हजार २० मत खसेको थियो । अहिलेको नयाँ थपिएका मतदाताहरुको संख्या समेतलाई जोड्दा देवदहमा करिव ५५ हजार मतदाता हुने देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।