Logo

२०८३, आश्विन ९गते


images
images

साम्राज्ञीले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

साम्राज्ञीले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

images
  • साम्राज्ञीले गरिन् प्रेमीसँग इन्गेजमेन्ट
    images
    images

    काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह विवाह बन्धनमा बाँधिने भएकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले सोमबार प्रेमीसँग इन्गेजमेन्ट गरेकी हुन् । सामाजिक सञ्जालमा इन्गेजमेन्टका तस्वीरहरू सार्बजनिक गर्दै उनले नयाँ जीवनको सुरुवात गर्न लागेको जानकारी दिएकी हुन् । उनले प्रेमीको नाम भने खुलाएकी छैनन् । 

    images
    images
    images

    प्रेमीको प्रशंसा गर्दै उनले लेखेकी छन्- 'जसका लागि मैले प्रार्थना गरेकी थिएँ । मेरो भाषा बोल्न सक्ने शान्त आत्मा, म तपाईंप्रति यति आभारी छु कि त्यो शब्दहरूभन्दा बाहिर छ । जब तिम्रा आँखा मेरा आँखामा पर्छन्, त्यहाँ एउटा विशेष जादू हुन्छ, एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ । मेरो हात यति बलियोसँग समातेकोमा धन्यवाद, यो छुट्ने छैन ।’ साम्राज्ञीले सर्वजनिक गरेका तस्वीरमा उनका प्रेमीको अनुहारको आधा भाग मात्र देखिन्छ । 

    images
    images
    images

    मंगलबारबाट ३० वर्षमा प्रवेश गरेकी साम्राज्ञीले फिल्म ड्रिम्सबाट अभिनयमा क्यारियरको शुरुवात गरेकी थिइन् । यसपछि उनले  ए मेरो हजुर- २, इन्टु मिन्टु लण्डनमा, तिमीसँग, मारुनी, ह्यारी कि प्यारी जस्ता फिल्ममा काम गरेकी छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साम्राज्ञी आरएल शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।