काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।
विभागले आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।
त्यस्तै आज राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology