Logo

२०८३, श्रावण २७गते


images
images

अनिर्णित बैठक

एक महिनादेखि काँग्रेस अनिर्णित, आजपनि बैठक बस्दै

एक महिनादेखि काँग्रेस अनिर्णित, आजपनि बैठक बस्दै

images
  • एक महिनादेखि काँग्रेस अनिर्णित, आजपनि बैठक बस्दै
    images
    images

    काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । 

    images
    images
    images

    कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । कार्यसमितिको बैठक आज बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने मुख्यमन्त्री पौडेलले जानकारी दिएका छन् ।

    images
    images
    images

    यसअघि बुधबारको बैठकमा सहमहामन्त्री महेन्द्र यादवसहित ११ केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । 

    images
    images
    images

    बैठकमा विजय गच्छादारले पुसभित्र नियमित महाधिवेसन गर्नुपर्ने धारणा राखेका थिए भने रमेश लेखकले विशेष महाधिवेशनमा जान नहुने बताएका थिए । त्यस्तै बैठकमा जितजंग बस्नेतले विशेष महाधिवेशन गरेर महामन्त्रीद्वयले पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका थिए । त्यस्तै विमलेन्द्र निधि लगायतले चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए । त्यसैगरी श्याम घिमिरेले संसद पुनस्थापनामा जानुपर्ने धारणा राखेका थिए । 

    कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।