Logo

२०८३, आश्विन १०गते


images
images

धर्मेन्द्र डिस्चार्ज

अभिनेता धर्मेन्द्रलाई अस्पतालबाट घरमा लगियो

अभिनेता धर्मेन्द्रलाई अस्पतालबाट घरमा लगियो

images
  • अभिनेता धर्मेन्द्रलाई अस्पतालबाट घरमा लगियो
    images
    images

    काठमाडौँ । बलिवुडका दिग्गज अभिनेता धर्मेन्द्रलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । परिवारले घरमै उपचार जारी राख्ने निर्णय गरेको हुनाले डाक्टरले अब उनको उपचार घरमै गरिने बताएका छन् ।

    images
    images
    images

    यस विषयमा परिवारले आधिकारिक विज्ञप्ति पनि जारी गरेको छ । परिवारले विज्ञप्ति जारी गर्दै भनेको छ 'धर्मेन्द्रजीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ र घरमै आराम र उपचार जारी राख्नुहुनेछ । हामी मिडिया र आम जनतालाई विनम्रतापूर्वक अनुरोध गर्दछौं, कृपया कुनै पनि अनुमान नगर्नु होला र यस समयमा उहाँ र उहाँको परिवारको गोपनीयताको सम्मान गरिदिनुहोला । उहाँको निरन्तर स्वास्थ्यलाभ, सुस्वास्थ्य र दीर्घायुको लागि हामी सबैको माया, प्रार्थना र शुभकामनाको लागि हार्दिक आभारी छौं ।'

    images
    images
    images

    धर्मेन्द्रको स्वास्थ्यको बारेमा जानकारी दिँदै ब्रिच क्यान्डी अस्पतालका डा. प्रीतित सम्दानीले भनेका छन् 'धर्मेन्द्रजीलाई बिहान ७:३० बजे अस्पतालबाट डिस्चार्ज गरिएको छ । परिवारले उहाँको उपचार घरमै गर्ने निर्णय गरेको हुनाले अब उहाँको उपचार घरमै गरिनेछ ।'

    images
    images
    images

    गत सोमबार स्वास्थ्यमा समस्या आएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना भएका धर्मेन्द्र बारे मंगलबार निधन भएको हल्ला चलेको थियो । मिडियाले निधन भएको समाचार प्रशारण प्रकाशन गरेपछि उनकी पत्नी हेमा मालिनी र छोरी इशा देओलले आपत्ति जनाउदै धर्मेन्द्र जीवित रहेको र उपचार जारी रहेको बताएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।