Logo

२०८३, श्रावण २७गते


images
images

काँग्रेस केन्द्रीय समितिमा आज २० जनाले राखे धारणा, अर्को बैठक आइतबार बस्ने

काँग्रेस केन्द्रीय समितिमा आज २० जनाले राखे धारणा, अर्को बैठक आइतबार बस्ने

images
  • काँग्रेस केन्द्रीय समितिमा आज २० जनाले राखे धारणा, अर्को बैठक आइतबार बस्ने
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक केहि दिन अझै चल्ने भएको छ । शुक्रबार सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना' र प्रवक्ता डा. प्रकाशशरण महतलगायत २० जनाले आफ्नो धारणा राखेका छन् ।

    images
    images
    images

    धारणा राख्ने केन्द्रीय सदस्यहरु महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् ।

    images
    images
    images

    आजको बैठकमा उपाध्याय र महत्तसहित गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, सरिता प्रसाई, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, मधु आचार्य, दिनेशकुमार यादव, उमेशजंग रायमाझी, राजीव ढुंगाना, अर्जुनजंगबहादुर सिंह, प्रतिमा गौतम, सुशिला मिश्र भट्ट, नानु बास्तोला, गंगालक्ष्मी अवाल, गणेश लामा, डा. जीवन राना र सीता थपलिया (उर्मिला) ले आ-आफ्नो धारणा व्यक्त गरेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

    images
    images
    images

    कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ गतेदेखि जारी रहेको छ । अब अर्कोबैठक आइतबार बिहान साढे ११ बजे बस्ने मुख्य सचिव पौडेलले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।