Logo

२०८३, आश्विन १०गते


images
images

बलिउड अभिनेत्री जरीन खानको ८१ वर्षको उमेरमा निधन

बलिउड अभिनेत्री जरीन खानको ८१ वर्षको उमेरमा निधन

images
  • बलिउड अभिनेत्री जरीन खानको ८१ वर्षको उमेरमा निधन
    images
    images

    काठमाडौँ । बलिउड अभिनेत्री जरीन खानको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जरीन खान प्रसिद्ध अभिनेता संजय खानकी श्रीमती हुन् ।

    images
    images
    images

    जरीन खानको शुक्रबार बिहान मुम्बईको जुहूस्थित आफ्नै घरमा हृदयघातका कारण निधन भएको परिवारले जानकारी दिएको छ । विवाहअघि हिन्दू भएकी जरीन खानको हिन्दू रीतिरिवाज अनुसार दाहसंस्कार गरिएको बताइएको छ ।

    images
    images
    images

    मुम्बईको विले पार्लेस्थित हिन्दू श्मशानघाटमा जरीन खानको अन्त्येष्टिमा धेरै प्रमुख बलिउड स्टारहरू उपस्थित थिए । संजय खानसँग विवाह गर्नुअघि उनको नाम जरीन वर्तक थियो र उनले देव आनन्दको फिल्म तेरे घर के सामनेमा देव आनन्दको सचिवको भूमिका निर्वाह गरेकी थिइन् ।

    images
    images
    images

    जरीन खानले फिल्म एक फूल दो मालीमा पनि भूमिका निर्वाह गरेकी थिइन् । उनले आफ्नो सुरुवाती दिनहरूमा मोडलिङ पनि गरिन् र त्यसपछि अभिनयको दुनियाँमा प्रवेश गरेकी थिइन् । जरीन वर्तक र संजय खानको विवाह १९६६ मा भएको थियो ।

    उनी अभिनेता जायद खान, सुजैन खान (ऋतिक रोशनकी पूर्व पत्नी) र डिजाइनर फराह अली खानकी आमा हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।