काठमाडौँ । बलिउडको सबैभन्दा लोकप्रिय जोडी मध्ये एक, क्याट्रिना कैफ र विक्की कौशल आमाबाबु बनेका छन् । क्याट्रिनाले आफ्नो पहिलो सन्तान, छोरालाई जन्म दिएकी छिन् ।
यो जोडीले आफ्ना फ्यानहरूसँग छोराको जन्म भएको जानकारी दिएका हुन् । विक्की कौशल र क्याट्रिना कैफले आफ्नो आ-आफ्नो इन्स्टाग्राममा पोस्ट साझा गर्दै यो जानकारी दिएका छन । पोस्टमा बच्चाको चित्र र ठूलो 'बेबी ब्वाय' लेखिएको ग्रीटिंग कार्ड छ ।
यसमा लेखिएको छ ‘हाम्रो झोला खुशीले भरिएको छ । हामी हाम्रो बच्चालाई धेरै माया र स्नेहका साथ स्वागत गर्छौं । क्याट्रिना कैफले सेप्टेम्बर २३, २०२५ मा आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् । लामो समयसम्म डेट गरेपछि, विक्की र क्याट्रिनाले २०२१ मा विवाह बन्धनमा बाँधिएक थिए । विक्की कौशल र क्याट्रिना कैफले डिसेम्बर ९, २०२१ मा एक निजी समारोहमा विवाह गरेका थिए । विवाह समारोह राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवडामा आयोजना गरिएको थियो ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology