बुटवल । सरकारले कोभिड महामारीको प्रभावमा परेका विद्यालयहरुलाई राहतको व्यवस्था गर्नुको साटो आहात दिने गरेको निजि क्षेत्रका विद्यालय संचालकहरुले गुनासो गरेका छन् । कोभिडबाट वच्न आवश्यक सतर्कता अपनाउन जरुरी रहेको तर विद्यार्थीहरुलाई आतंकित बनाउने कार्य सरकारबाटै भएको भन्दै उनिहरुले यस्तो गुनासो गरेका हुन् ।
मंगलबार बुटवलमा राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) रुपन्देहीले २४ औ एनप्याब्सन स्थापना दिवशको अवसरमा मंगलवार बुटवलमा आयोजना गरेको कोभिडको महामारीमा विद्यालय शिक्षामा परेका प्रभावहरु विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले महामारीबाट वच्दै विद्यार्थीको सिकाईलाई प्रभावकारी वनाउन वैकल्पीक कक्षा संचालनको ठोस योजना ल्याउन माग गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य एवं पुर्व सामाजिक विकास मन्त्री सुदर्शन वरालले कोभिडका कारण सवै क्षेत्र प्रभावित भएको बताउदै समग्र शिक्षा क्षेत्रको विकासको लागि नितिगत सुधार जरुरी रहेको बताए ।
नेपालको अवस्था हेरेर निति कार्यक्रम वनाउनु पर्नेमा जोडदिदै पुर्व मन्त्री वरालले शिक्षा क्षेत्र राज्यको दृष्टीकोणमा अझैपनि पछाडी पर्नु विडम्वना भएको बताए । उनले भने — शिक्षा प्राथमिकतामा नपर्नु एउटा विडम्वना नै हो । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्छ ।
कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सदस्य तथा हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेलले निजी क्षेत्रका विद्यालयहरुलाई राज्यले हेर्ने दृष्टीकोण फरक भएको बताउदै राज्यले नै दुई प्रकारको शिक्षा निति लिनु दुर्भाग्य भएको बताए । उनले कोभिड प्रभावित शिक्षा क्षेत्रको लागि राहत सहितको व्यवस्था गर्न माग गरे । कोभिडका कारण निजि विद्याालयको अवस्था नाजुक भएपनि शिक्षाको दायित्वबाट आफुहरु पन्छिन नसक्ने बताउदै सरकारको तर्फबाट स्पष्ट निर्देशन नआउदा समस्या बल्झीएको बताए ।
देंश संघियतामा गएपछि कक्षा १० सम्मको शिक्षा स्थानीय तहमा आएको तर कोभिडको सन्दर्भमा विद्यालय सचालन गर्ने या नगर्ने भन्ने विषयमा स्थानीय तहले अधिकार प्रयोग गर्न नपाउदा अझै अन्यौल वढेको उनको भनाई छ ।
कार्यक्रमा प्रदेश परिक्षा वोर्डका प्रमुख रमाकान्त तिवारीले कोभिडका कारण शैक्षिक गुणस्तर खस्कीएको र विद्यार्थीको सिकाई परिक्षणमा प्रत्यक्ष प्रभाव पारेको बताए । शिक्षा क्षेत्रका दक्ष जनशक्तिको अभाव, भौतिक संरचना तथा राजनितिक अस्थिरताका कारण नेपालको शिक्षाको गुणस्तर खस्कीदै गएको उनको भनाई छ ।
पुर्व जिल्ला शिक्षा अधिकारी टेक वहादुर थापाले कोभिड महामारीका कारण समग्र शिक्षा प्रणालीमै प्रत्यक्ष प्रभाव परेको बताउदै शिक्षा क्षेत्रमा परेको प्रभावलाई न्युनीकरण गर्न दिर्घकालिय योजना आवश्यक रहेकोमा जोड दिए । उनले नेपालीहरुमा इन्टरनेटको पहुंच कम भएका कारण अनलाईन क्लास प्रभावकारी नभएको बताए ।
कार्यक्रममा टिप्पणीकर्ताहरु विष्णु प्रसाद पौडेल, तिलव केसी, देउ प्रसाद राईले कोभिडबाट प्रभावित विद्यालयलाई राज्यले सम्वोधन गर्नु पर्नेमा जोड दिदै महामारीमा वैकल्पीक कक्षा संचालनलाई प्रभावकारी बनाउन नितिगत आवश्यकता औल्याए ।
कार्यक्रममा नेपाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सनका जिल्ला अध्यक्ष अनन्तराम शर्मा, एन प्याब्सनका कावा अध्यक्ष दील प्रसाद गुरुङ्क, सचिव वावुराम बन्जाडे लगायतले कोभिडकाको नाममा विद्यालय सधै आतंकित हुनु पर्ने अवस्थाको अन्त्य गरिनु पर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology