Logo

२०८३, आश्विन ९गते


images
images

व्यापार घाटा

नेपाल बंगलादेश व्यापार : ३० दशमलव ८८ मिलियनको आयात, ३ दशमलव ३३ मिलियनको निर्यात

नेपाल बंगलादेश व्यापार : ३० दशमलव ८८ मिलियनको आयात, ३ दशमलव ३३ मिलियनको निर्यात

images
  • नेपाल बंगलादेश व्यापार : ३० दशमलव ८८ मिलियनको आयात, ३ दशमलव ३३ मिलियनको निर्यात
    images
    images

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images

    नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँग चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष अग्रवालले नेपालले बंगलादेशबाट वार्षिक करिब ३० दशमलव ८८ मिलियन अमेरिकी डलरको सामान आयात गर्ने तर ३ दशमलव ३३ मिलियन अमेरिकी डलर मात्र निर्यात गर्ने अवस्थाले ठूलो व्यापार असन्तुलन देखाएको बताए ।

    images
    images
    images

    अध्यक्ष अग्रवालका अनुसार सिधा व्यापारिक मार्गको अभाव र भारतीय मार्गको निर्भरताले गर्दा ढुवानी लागत बढ्नुका साथै व्यापारमा ढिलाइ र जटिलता आउने गरेको छ । उनले नेपाल र बंगलादेशबीच सिधा सडक र रेल सम्पर्क विस्तार गर्न दुवै पक्षले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

    images
    images
    images

    अध्यक्ष अग्रवालले थपे 'नेपालका उत्पादनहरू जस्तै दाल, मसला, फलफूल र दुग्धजन्य वस्तुहरू बंगलादेशमा राम्रो बजार पाउन सक्छन्, तर ती अवसर अझै पूर्ण रूपमा प्रयोग गर्न सकिएको छैन ।’

    उनले (बीबीआईएन) बंगलादेश, भूटान, भारत र नेपालबीचको क्षेत्रीय सहकार्य प्रणालीलाई व्यापार, ऊर्जा र यातायातमा सहकार्य बढाउने प्रभावकारी माध्यमका रुपमा उपयोग गर्न सकिने बताए ।

    अध्यक्ष अग्रवालले दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य, व्यापारिक प्रदर्शनी, लगानी सम्मेलन र नीतिगत सहजीकरणमार्फत आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आग्रह गरे ।

    चेम्बर पदाधिकारीहरुसंगको भेटवार्ताका क्रममा राजदूत रहमानले नेपालको निर्यात प्रवद्र्धन गरेर व्यापार घाटा कम गर्नका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।

    नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको राजदूत रहमानले बताए । दुईदेशबीच सांस्कृति तथा शैक्षिक सम्वन्ध नागरिकको तहसम्मै उच्चस्तरीय रहेको रहमानले उल्लेख गरे ।

     

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।