Logo

२०८३, श्रावण २७गते


images
images

म्यान्मारबाट १४ नेपालीको उद्धार

म्यान्मारबाट १४ नेपालीको उद्धार

images
  • म्यान्मारबाट १४ नेपालीको उद्धार
    images
    images

    काठमाडौँ । म्यान्मारबाट १४ नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डको बैंककस्थित नेपाली दुताबारका अनुसार अवैधरुपमा म्यान्मार पुगेर विभिन्न अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा काममा लगाइएका १४ नेपालीको उद्धार गरेर बुधवार काठमाडौँ पठाइएको छ ।

    images
    images
    images

    दुताबासले म्यानमारमा रहेका थप ११ जना नेपालीहरूलाई यथासिघ्र नेपाल फर्काउने गरी म्यानमार तथा थाईल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

    images
    images
    images

    म्यानमारको म्यावडीमा रहेका विभिन्न स्क्यामिङ्ग केन्द्रहरूबाट १९ अक्टोबर २०२५ पश्चात ३८ जना नेपालीहरू समेत विभिन्न २८ मुलुकका २००० भन्दा बढी विदेशीहरू थाईल्याण्ड प्रवेश गरेका थिए । उक्त ३८ जना नेपालीहरूलाई समेत नेपाल फर्काउनको लागि थाईल्याण्डको सम्बन्धित निकायसँग समन्वय भईरहेको दुताबासले जानकारी दिएको छ ।

    images
    images
    images

    सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा अनुरोध गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्यान्मार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।