Logo

२०८३, श्रावण २७गते


images
images

कांग्रेसमा महाधिवेशन

कांग्रेसमा महाधिवेशनका लागि दुई कार्यतालिका पेश

कांग्रेसमा महाधिवेशनका लागि दुई कार्यतालिका पेश

images
  • कांग्रेसमा महाधिवेशनका लागि दुई कार्यतालिका पेश
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा १५औँ महाधिवेशनका दुई कार्यतालिका पेश गरिएको छ । मंगलवारको बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टा छुट्टै महाधिवेशनको कार्यतालिका पेश गरेका हुन् ।

    images
    images
    images

    महामन्त्री थापाले फागुन २१ को चुनावअघि नै महाधिवेशन गर्ने गरि पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् । थापाले मंसिर १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ वितरण, २० गते सम्म क्रियाशील सदस्यता छानबिन, २४ गते निर्वाचन समितिलाई हस्तान्तरण गर्ने, मंसिर २७ गते वडा अधिवेशन, पुस ५ गते क्षेत्रीय अधिवेशन गरेर १६ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् । 

    images
    images
    images

    त्यसैगरी संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री यादवले मंसिर २० गते सम्म क्रियाशील नवीकरण, पुस ५ गतेसम्म नयाँ वितरण र २० गते सम्म निर्वाचन समितिलाई हस्तान्तरण गर्ने र त्यसपछि चुनावमा केन्द्रीत हुनुपर्ने प्रस्ताव गरेका छन् । त्यसपछि चैत्र १ गते वडा अधिवेशन, ५ गते पालिका, १२ गते प्रदेश क्षेत्रीय, २० गते संघीय क्षेत्रीय, ३० गते जिल्ला, वैशाख १५ गते सात प्रदेश र वैशाख २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् ।

    images
    images
    images

    बैठकमा दुई कार्यतालिका आएपछि नेताहरूले धारणा राख्न शुरु भएको छ । 

    त्यस्तै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिसकेकाले यो विषयलाई पनि टुंगाउनुपर्ने दबाब यो बैठकलाई रहेको छ । कांग्रेसको यो केन्द्रीय समितिको पदावधि यहि मङ्सिरसम्म मात्र रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेसमा महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।