Logo

२०८३, श्रावण २७गते


images
images

काँग्रेस किचलो

काँग्रेसको केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो

काँग्रेसको केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो

images
  • काँग्रेसको केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दी खोलिएको छ । आइतबार ४० वर्षमुनीका युवाहरुको कांग्रेस सुधार अभियानले सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दा तालाबन्दी गरेको थियो ।

    images
    images
    images

    ताला लगाएका युवाहरुले आजको केन्द्रिय समितिको बैठक बस्नुअघि ताला खोलेका हुन् । ताला खोल्नु अघि उनीहरुले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेर आफ्ना माग बारे जानकारी गराएको र खड्काले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ताला खोलेका थिए ।

    images
    images
    images

    यस अघि आइबार उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग राखेर पार्टी कार्यालय अगाडी नाराबाजी गर्नुका साथै कार्यालय प्रवेश गर्ने मूल ढोकामै ताला लगाइदिएका थिए ।

    images
    images
    images

    महाधिवेशन बारे विवाद हुदा कांग्रेसको शुक्रबार र आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएर आज बस्न लागेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।