Logo

२०८३, श्रावण २७गते


images
images

सडक दुर्घटना

असोज महिनामा २ हजार ७५७ दुर्घटना, २४७ जनाको मृत्यु

असोज महिनामा २ हजार ७५७ दुर्घटना, २४७ जनाको मृत्यु

images
  • असोज महिनामा २ हजार ७५७ दुर्घटना, २४७ जनाको मृत्यु
    images
    images

    काठमाडौं । गत असोज महिनामा मात्रै देशभर २ हजार ७५७ दुर्घटना भएका छन् । नेपाल प्रहरीले सार्बजनिक गरेको तथ्यांक अनुसार २ हजार ७५७ वटा दुर्घटनामा ३ हजार ९४७ सवारी साधन संलग्न रहेका छन् ।

    images
    images
    images

    ती दुर्घटनामा २४७ जनाले ज्यान गुमाएका छन् भने ८४८ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै दुर्घटनामा परी ४ हजार ३७ जना साधारण घाइते भएका छन् । मृत्यु हुनेमा १७७ पुरुष, ५८ महिला, ९ बालक र ३ बालिका रहेका छन् ।

    images
    images
    images

    दुर्घटनामा परेका सवारी साधनमध्ये बढी मोटरसाइकल रहेको छ र २ हजार ४६७ मोटरसाइकल दुर्घटनामा परेका छन् । सबैभन्दा बढी तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा सवारी चलाउँदा १ हजार ५३८ दुर्घटना भएका छन् ।

    images
    images
    images

    त्यसपछि चालकको असक्षमतामा २२५, मापसेबाट २०७, हतारमा बाटो काट्दा १३५ र अनावश्यक ओभरटेक गर्दा ५४ दुर्घटना भएका छन् । त्यस्तै गरि असोज महिनामा ट्राफिक प्रहरीले कुल ३३ हजार २२६ कारवाही गरेको छ भने ३ करोड १३ लाख ७३ हजार ५०९ राजश्व उठाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।