Logo

२०८३, श्रावण २७गते


images
images

कांग्रेस महाधिवेशन

आफ्नो महाधिवेशन गर्न सकिदैन भन्न मिल्दैन : चन्द्र भण्डारी

आफ्नो महाधिवेशन गर्न सकिदैन भन्न मिल्दैन : चन्द्र भण्डारी

images
  • आफ्नो महाधिवेशन गर्न सकिदैन भन्न मिल्दैन : चन्द्र भण्डारी
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफ्नो पार्टीको महाधिवेशन गर्न सकिदैन भन्न नमिल्ने तर्क गरेका छन् । 

    images
    images
    images

    कांग्रेसमा महाधिवेशन बारे विवाद भएको बेला नेता भण्डारीले नेकपा एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेसले महाधिवेशन गर्न सकिदैन भन्न नमिल्ने बताएका हुन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै भण्डारीले कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाएको उल्लेख गर्दै काँग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन नमिल्ने बताएका हुन् । 

    images
    images
    images

    उनले भनेका छन् :

    यो समय देशमा देखा परेका राष्ट्रिय समस्याहरू समाधानमा केन्द्रीत हुने समय हो । यस्तो संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ । कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाउछ। 

    काग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन । एकातिर- काँग्रेसको सबैभन्दा शक्तिशाली निकायले बहुमतको हस्ताक्षर सहित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पार्टीमा बुझाइ सकेको छ । जवकी, अधिवेशन नियमित प्रक्रिया हो । साथै पार्टीको जीवन्तता । अर्कोतर्फ - तत्कालिन सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा छ । तसर्थ, कांग्रेसले राष्ट्यि मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउन र आफ्नो अधिवेशन पनि गर्न सकिदैन भन्न मिल्दैन । बजारमा तर्क र विचार बिक्छ, तर विक्दैन - सकिदैन भन्ने मात्र तर्क ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।