Logo

२०८३, श्रावण २७गते


images
images

ए डिभिजन लिग

ए डिभिजन लिग अर्को बर्ष

ए डिभिजन लिग अर्को बर्ष

images
  • ए डिभिजन लिग अर्को बर्ष
    images
    images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्ष २०८३ पुस ९ गतेबाट राष्ट्रिय लिग हुने घोषणा गरेको छ ।

    images
    images
    images

    सोमवार एन्फा कार्यालयमा बसेको ए डिभिजन क्लबहरू र एन्फाबीच भएको सम्झौता अनुसार आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय गरको हो ।

    images
    images
    images

    ए डिभिजन लिग भने होमेन अवे फर्म्याटमा अर्को वर्षको पुस ३ गतेबाट सुरु हुने भन्दै विज्ञप्ति सार्वजनिक गरिएको छ । एन्फाद्वारा आयोजना हुने राष्ट्रिय लिगभन्दा अगाडि मकवानपुरमा एन्फा प्रेसिडेन्ट कप समेत हुनेछ। जसबाट चार टोलीले राष्ट्रिय लिगमा स्थान बनाउने बताइएको छ । 

    images
    images
    images

    आगामी पुसमा हुने राष्ट्रिय लिगमा ए डिभिजन लिगको शीर्ष ६ टोली चर्च ब्याइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, जाउलाखेल युथ क्लब, सादोबाटो युथ क्लब र एनआरटी रहने छन् ।

    प्रेसिडेन्ट लिगबाट शीर्ष चार टोली आउनेछन् । जसबाट कुल १० टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने छन्। आगामी पुस ९ गतेबाट हुने राष्ट्रिय लिगको विजेता टोलीले एएफसी च्यालेन्ज लिगमा भाग लिन पाउनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।