काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहिद घोषणा गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् ।
साथै आन्दोलनमा मृत्यु भएका अन्यको बारेमा अध्ययन भइरहेको जानकारी मन्त्री खरेलले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology