काठमाडौं । तुर्कमेनिस्तानमा 'नर्कको प्रवेशद्वार' भनेर चिनिने ठाउँलाई त्यहाँको सरकारले बन्द गर्न आदेश दिएको छ। विगत ५० वर्षदेखि तुर्कमेनिस्तानको कारकुम मरुभूमिमा एउटा खाल्डो रहेको छ। २२९ फिट चौडाइ र ६६ फिट गहिरो उक्त खाल्डोमा मिथेन ग्यासका कारण लगातार जलिरहेको देख्न सकिन्छ। जसलाई वैज्ञानिकहरुले 'गेटवे टु हेल' अर्थात् नर्कको प्रवेशद्वार भनेर नामाकरण गरेका थिए।
तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्डिमुखामेदोले अधिकारीहरुलाई उक्त खाल्डो बन्द गरिदिन निर्देशन दिएका हुन्। उनले लगातार बलिरहेको आगोलाई निभाउनसमेत भनेका छन्। उनले उक्त खाल्डोबाट निस्किने ग्यासले पर्यावरणीमा प्रभाव पारेको र पैसाको नोक्सानसमेत भएको बताएका छन्।
सन् १९७१ देखि लगातार बलिरहेको उक्त खाल्डोलाई तुर्कमेनिस्तानले यसअघि सन् २०१० मा पनि पुर्न आदेश दिएको थियो। तर पुर्न भने सकेको थिएन।

त्यतिबेला खाल्डोबाट एक्कासि ग्यास निस्किन थालेपछि रसियाका वैज्ञानिकहरुले खोज अनुसन्धान गरेका थिए। त्यही बेला खाल्डोबाट मिथेन ग्यास निस्किएको पत्ता चलेको थियो। मिथेन ग्यासलाई नस्ट गर्न वैज्ञानिकहरुलै नै आगो लगाइदिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। त्यतिबेला देखि नै यो आगो निरन्तर बलिरहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology