Logo

२०८३, श्रावण २७गते


images
images

सरकारी ऋण

चालु आर्थिक बर्षको तीन महिनामा ५० अर्ब ६० करोडले बढ्यो सरकारी ऋण

चालु आर्थिक बर्षको तीन महिनामा ५० अर्ब ६० करोडले बढ्यो सरकारी ऋण

images
  • चालु आर्थिक बर्षको तीन महिनामा ५० अर्ब ६० करोडले बढ्यो सरकारी ऋण
    images
    images

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपिएको छ ।

    images
    images
    images

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्बजनिक गरेको ऋण प्रतिवेदन अनुसार गत असार मसान्त सम्म २६ खर्ब ७४ अर्ब चार करोड सरकारी ऋण रहेकोमा असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको हो ।  योसँगै सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४.६१ प्रतिशत पुगेको छ ।

    images
    images
    images

    कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३. ०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड रहेको छ भने आन्तरिक ऋणको हिस्सा ४६. ९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब ७ करोड रहेको छ ।

    images
    images
    images

    चालु आर्थिक वर्षमा पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा पहिलो तीन महिनामा एक खर्ब ८४ करोड ऋण प्राप्त भइसकेको सार्बजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ । जुन वार्षिक लक्ष्यको तुलनामा १६.९३ प्रतिशत बराबर रहेको छ ।

    जस मध्ये आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा ९० अर्ब अर्थात् वार्षिक लक्ष्यको २४. ८६ प्रतिशत ऋण उठिसकेको छ । त्यस्तै, बाह्यतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड बराबर उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको ४. ६५ प्रतिशत अर्थात् एक अर्ब ८४ करोड बराबर मात्रै उठ्न सकेको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा सरकारी ऋणको साँवा ब्याज तिर्न सरकारले यस वर्ष ४ खर्ब ११ अर्ब एक करोड बराबर बजेट विनियोजन भएकोमा आश्विन मसान्तसम्म एक खर्ब ९ र्ब ८९ करोड बराबर भुक्तानी भइसकेको उल्लेख छ  ।

    यो वार्षिक बजेट विनियोजनको आधारमा २६. ७४ प्रतिशतको हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा असोज मसान्तसम्ममा कूल ऋण सेवा खर्च एक दशमलव ८० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सरकारी ऋण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।