Logo

२०८३, श्रावण २७गते


images
images

उद्योग बन्द

विद्युत लाइन काटिदा कोशीका उद्योग बन्द भएको भन्दै मुख्यमन्त्री कार्कीले गराए ध्यानाकर्षण

विद्युत लाइन काटिदा कोशीका उद्योग बन्द भएको भन्दै मुख्यमन्त्री कार्कीले गराए ध्यानाकर्षण

images
  • विद्युत लाइन काटिदा कोशीका उद्योग बन्द भएको भन्दै मुख्यमन्त्री कार्कीले गराए ध्यानाकर्षण
    images
    images

    विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरणले  प्रदेशका विभिन्न उद्योगहरूको लाइन काटेका कारण उत्पादन ठप्प भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

    images
    images
    images

    मुख्यमन्त्री कार्कीले शुक्रबार प्रेस नोट जारी गर्दै नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विवादका कारण विद्युत् आपूर्तिमा आएको अवरोधले प्रदेशको उद्योग, व्यापार, रोजगारी र आर्थिक गतिविधिमा नकारात्मक असर पारेको उल्लेख गरेका छन् । 

    images
    images
    images

    मुख्यमन्त्री कार्कीले भने 'केही उद्योगहरूमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन मात्र नभई स्थानीय रोजगारमा समेत असर परेको छ, जसले प्रदेशको समग्र आर्थिक विकासमा चुनौती सिर्जना गरेको छ ।'

    images
    images
    images

    हाल नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच डेडिकेटेड फिडर तथा ट्रान्सफर लाइनको समन्वयमा समस्या देखिएको छ । सोही कारणले उत्पन्न विवादका कारण कतिपय उद्योगहरूमा नियमित रूपमा विद्युत् आपूर्ति हुन सकेको छैन। यस अवस्थाले प्रदेशको औद्योगिक उत्पादन प्रभावित हुँदै गएको र आर्थिक प्रवाहमा समेत नकारात्मक प्रभाव पर्न थालेको उल्लेख गरिएको छ ।

    मुख्यमन्त्री कार्कीले भनेका छन्: 

    नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिएको कारणले कोशी प्रदेशका केही उद्योग बन्द भई अर्थतन्त्रमा मात्र नभई स्थानीय रोजगारीमा समेत असर परेको विषयमा कोशी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।

    करिब दुई दशकदेखि नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीच डेडीकेटेट फिडर र ट्रंकलाइनका सम्बन्ध असमझदारी रही आएको तथा विद्युत महसुल बक्यौता विवाद रहेको छ । मुलुकको समग्र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा निजी क्षेत्र हो । नेपालको आर्थिक क्षेत्रमा लामो समयदेखि देखा परेका समस्या समाधान उन्मुख हुँदै गर्दा गत भदौ २३ र २४ गतेको प्रदर्शनमा निजी उद्योग, सुपर मार्केट, कलकारखाना तथा सञ्चार क्षेत्रसमेत आगजनी तथा तोडफोड भई उत्पन्न भएको असुरक्षाका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरु निरुत्साहित हुने परिस्थिति निर्माण भयो ।

    त्यस्तै बक्यौता विवादका कारण विद्युत आपूर्ति बन्द हुँदा अर्थतन्त्रमा उल्लेख्य योगदान गरी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बन्द हुने अवस्था आउनु अस्वाभाविक हो । हाल देखा परेका विवाद र समस्याको वार्ता र संवादका माध्यमबाट समाधान खोज्न सम्बन्धित पक्षहरुलाई आग्रह गर्दछु । उद्योगीहरुसँग यथाशीघ्र वार्ता गरी सहज ढंगले उद्योग संचालनको वातावरण निर्माण गर्न नेपाल सरकारले पहलकदमी लिनुपर्दछ ।

    राज्य र निजी क्षेत्रबिचको असमझदारी यति लामो समयसम्म रहनु दुःखद विषय हो । एउटा उद्योगको विद्युत आपूर्ति बन्द गर्दा पर्नसक्ने बहुआयामिक असरलाई मध्यनजर गरी उपयुक्त निकास निकाल्नु पर्दछ । यस परिस्थितिमा मुलुकको अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भ रहेको निजी क्षेत्रको अभिभावक राज्य बन्नुपर्दछ ।

    सरकार र राज्यप्रति निजी क्षेत्रको विश्वसनीयता अभिवृद्धि गरी खस्कँदो अर्थतन्त्रलाई लयमा फर्काउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । साथै नेपाल सरकार र निजी क्षेत्रबीच वार्ता र संवादको वातावरण निर्माण गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको पनि जानकारी गराउन चाहान्छु ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।