Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

नर्सहरूका माग तत्काल सम्बोधन गर्न प्रचण्डको सरकारलाई ध्यानाकर्षण

नर्सहरूका माग तत्काल सम्बोधन गर्न प्रचण्डको सरकारलाई ध्यानाकर्षण

images
  • नर्सहरूका माग तत्काल सम्बोधन गर्न प्रचण्डको सरकारलाई ध्यानाकर्षण
    images
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

    images
    images
    images

    प्रचण्डले नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न नसक्ने उल्लेख गर्दै उनीहरुका माग पुरा गर्न सरकारसँग माग गरेका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्:

    images
    images
    images

    यतिखेर देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत् कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता समस्याविरूद्ध विभिन्न चरणमा आन्दोलनरत् छन्।

    नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन। त्यसैले हाम्रो पार्टी नर्सहरूका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # नर्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।