Logo

२०८३, आश्विन ११गते


images
images

विद्रोहको औचित्य पुष्टि

समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्ति आवश्यक छ : नेपाल

समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्ति आवश्यक छ : नेपाल

images
  • समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्ति आवश्यक छ : नेपाल
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता रहेको बताएका छन् ।

    images
    images
    images

    बुधबार शुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता रहेको बताउदै बलियो क्रान्तिकारी शक्तिको निर्माण क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकताबाट हुनसक्ने बताएका हुन् ।नेपालले समानता भएका दलसँग एकता गर्न ढिला गर्न नहुने धारणा राखेका छन् ।

    images
    images
    images

    आफ्नो प्रतिवेदनमा एमालेमा गरिएको विद्रोहको औचित्य पुष्टि भएको उल्लेख गर्दै भने ʻएमालेमा गरिएको विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन ।ʼ

    images
    images
    images

    नेपालले केपी ओलीलाई अहंकारी भन्दै उनलाई सत्ता च्युत गरिएको बताए । नेपालले संविधान खारेजी र संसद् विघटनको माग जेनजी पुस्ताको नभएको दाबी गर्दै घुसपैठियाहरूले संसद् विघटन गराएको उल्लेख गरेका छन् ।

    उनले भनेका छन् 'जेनजी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन थिएन । उनीहरूको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने थियो। प्रतिनिधि सभाको विघटन गराउने काम घुसपैठियाहरूले गरे ।’

    लोकतन्त्रलाई नै समाप्त पार्ने उद्देश्यले संविधान खारेज गराउने र अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेको बताउदै नेपालले भनेका छन्- ‘यसमा जेनजी पुस्तासमेत सचेत हुन जरुरी छ । लोकतन्त्र नै रहेन भने वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र सङ्गठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिने छन् ।'

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।