देवदह । देवदहमा खिचडी (माघी) महोत्सव सम्पन्न भएको छ । थारु कल्याणकारीसभा देवदहको आयोजनामा शनिबार देवदहमा २६४६ औं खिचडी महोत्सव सम्पन्न भएको हो ।

महोत्सवमा थारू समुदायका विभिन्न गीत तथा नृत्य लगायतका सांस्कृतिक कार्यक्रमहरू प्रस्तु गरिएको थियो । महोत्सवमा घोगी, ढिकरी, डुढिं माछा, पतसुनी
अनदिको भुजा लगायतका थारू सामुदायसंग संबन्धित खानाका परिकारहरू राखिएको सभाका नगर उपाध्यक्ष सुरेन्द्र चौधरीले बताए ।

सभाका जिल्ला अध्यक्ष सतिषकुमार चौधरी, निवर्तमान नगर अध्यक्ष निर्मलादेवी थारू, सल्लाहकार पल्टन थारू लगायतको उपस्थिति रहेको महोत्सवमा नगर अध्यक्ष चन्द्रीका प्रसाद कठरियाको अध्यक्षता तथा दिनेश चौधरी थारु, सिमा थारु र देवराज थारुको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology