Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा सांस्कृतिक महोत्सव र लिगलिगे दौड प्रतियोगिता हुने

देवदहमा सांस्कृतिक महोत्सव र लिगलिगे दौड प्रतियोगिता हुने

images
  • देवदहमा सांस्कृतिक महोत्सव र लिगलिगे दौड प्रतियोगिता हुने
    images
    images

    देवदह । देवदह मगर संघले देवदहमा बृहत सांस्कृतिक महोत्सव गर्ने भएको छ । शनिबार देवदहमा पत्रकार सम्मेलन गर्दै संघले माघ १ गते मगर समुदायको मुख्य सांस्कृतिक तथा मौलिक पर्व भएको जनाउँदै देवदहमा तेस्रो सांस्कृतिक महोत्सव गर्ने घोंषणा गरेको हो ।

    images
    images
    images


    नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक एवम बहुसांस्कृतिक विविधताले सजिएको देश भएको उल्लेख गर्दै मगर समुदायको संस्कृतिको रक्षा र विकासका लागि सांस्कृतिक महोत्सव गर्न लागिएको संघका अध्यक्ष शोभाकुमारी थापा मगरले बताइन् । 

    images
    images
    images


    महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न संघका कोषाध्यक्ष मिलन मास्की रानाको संयोजकत्वमा मुल आयोजक समिती बनाईएको छ । त्यसैगरी प्रेम थापा मगरको संयोजकत्वमा सांस्कृतिक उप-समिती, भुवन खासुमगरको संयोजकत्वमा खेलकुद उपसमिति, ताराबहादुर थापामगरको संयोजकत्वमा स्टल व्यवस्थापन उपसमिति गठन गरिएको संघले जनाएको छ ।

    images
    images
    images


    पत्रकार सम्मेलनमा बोल्दै मुल समिती संयोजक रानाले २०७५ देखि  निरन्तर हुँदै आएको महोत्सव गत दुई वर्ष कोभिडका कारण रोकिएको भए पनि यो पटक भने स्वास्थ्य मापदण्ड अपनाएर गरिने बताए ।


    महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथमा मगर जातिको संस्कार झल्किने सोरठी, सालैजो, घाटु, ठाडो भाका जस्ता मौलिक गीत र नृत्यको अवलोकन गर्न सकिने सांस्कृतिक उपसमिति संयोजक प्रेम थापाले बताए ।


    त्यसैगरी महोत्सवमा छेलो फाल्ने, घैटो फुटाल्ने र तीन खुट्टे दौड लगायतका खेलको मज्जा लिंदै मगर समुदायका परिकारहरू सेल रोटि,  खिचडी, तरुल
    बटुक तथा पोर्क मिटको स्वाद लिन सकिने आयोजकले जनाएको छ ।

    देवदहमै लिगलिगे दौड हुने

    देवदहमा सांस्कृतिक महोत्सवकै क्रममा लिगलिगे दौडको आयोजना गरिने देवदह मगर संघले जनाएको छ । देवदहका १२ वटै वडाका मगर समुदायका युवा युवतीको विचमा प्रतिस्पर्धा हुने र एक जना विजेता छानिने खेलकुद संयोजक भुवन खासुले बताए ।

    तीन किलोमीटरको दुरीमा हुने उक्त दौडमा प्रथम हुनेलाई एक वर्षको लागि लिगलिगे प्रमुख घोषणा गरिने र अर्को वर्ष साविक विजेता पुनः प्रतिस्पर्धामा जान नचाहेमा वा पुनः विजेता नभएमा मगर संघको झण्डा नयाँ विजेतालाई हस्तान्तरण गर्ने सांस्कृतिक उपसमिति संयोजक प्रेम थापाले बताए  ।

    स्मरण रहोस्, नेपालमा शाह वंशको सुरुवात हुनुअघी तत्कालीन गोरखा राज्यको लिगलिगमा दौड प्रतिस्पर्धा गराएर राजा छानिने परम्परा रहेको इतिहासकारहरूले चर्चा गर्ने गर्छन् । उक्त लिगलिगे दौडमा मगर समुदायहरू सहभागी हुने र उनीहरूले नै जित्दै आएपनि द्रब्य शाहले मगर समुदायलाई झुक्याएर राजा बनेको इतिहासमा  पढ्न पाइन्छ ।


    वि. सं. १६०४ मा दौडेर राजा हुने प्रचलन सुरु भएकोमा १६१६ मा त्यो चलन अन्त्य भएको इतिहास छ। मगर समुदायलाई झुक्याएरै भएपनि शाह वंशीय राजा द्रव्यशाह पनि दौडेरै लिगलिगकोटको राजा बनेको इतिहास छ। 


    दौडेर राजा हुने इतिहासलाई जीवन्त राखेर ऐतिहासिक क्षेत्रमा पर्यटक भित्र्याउन भन्दै २०६७ देखि गोर्खामा लिगलिगे दौड पुन: सुरु गरिएको थियो।


    गोर्खामा आयोजना गरिने उक्त लिगलिगे दौडमा चेपेघाटदेखि १३ किलोमिटर दौडेर जो पहिले लिगलिगकोट पुग्छ, उहीँ एक वर्षका लागि राजा हुन्छ । आयोजकले पहिलो हुने धावकलाई राजा मानेर  श्रीपेच लगाइदिनुका साथै ६० हजार पुरस्कार दिने प्रचलन छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।