Logo

२०८३, श्रावण २७गते


images
images

देवदह यू–१६ कप

‘देवदह यू–१६ कप २०८२’ को उद्घाटन खेल बर्षाका कारण स्थगित

‘देवदह यू–१६ कप २०८२’ को उद्घाटन खेल बर्षाका कारण स्थगित

images
  • ‘देवदह यू–१६ कप २०८२’ को उद्घाटन खेल बर्षाका कारण स्थगित
    images
    images

    देवदह । ‘देवदह यू–१६ कप २०८२’ क्रिकेट प्रतियोगिताको उद्घाटन खेल बर्षाका कारण स्थगित भएको छ । लिग फर्मेटमा खेलाइने प्रतियोगिता अन्तर्गत आज बिहान ८ बजे समूह ‘ए’ मा रहेको देवदह क्रिकेट क्लव र जे. आर क्रिकेट एकेटेमी बिच हुने भनिएको उद्घाटन खेल बर्षाका कारण स्थगित भएको आयोजकले जनाएको छ । 

    images
    images
    images

    सगरमाथा स्कूलको प्रायोजन र देवदह क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगितामा आठ टिम सहभागी छन् । दुई समूहमा विभाजन गरि सञ्चालन गरिने प्रतियोगिताको समूह ‘ए’ मा देवदह क्रिकेट क्लब, वेस्टर्न क्रिकेट एकेडेमी, जे.आर क्रिकेट एकेडेमी र एम.एस.एम.टि एकेडेमी रहेका छन् । त्यस्तै समूह ‘बि’ मा स्टार क्रिकेट एकेडेमी, बुटवल क्रिकेट एकेडेमी, तिलोत्तमा क्रिकेट एकेडेमी र आर.एम.एल एकेडेमी रहेका छन् ।

    images
    images
    images

    खेल सुरु भएसँगै प्रतियोगितामा दैनिक २ खेल हुने र सोहि अन्तर्गत पहिलो खेल बिहान ८ बजे र दोस्रो खेल दिउँसो १२ बजे हुने अयोजक संस्थाका सुमनराज पाण्डेले बताए । ‘स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्न, नयाँ खेलाडीहरू उत्पादन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको पाण्डेले जानकारी दिए । पछिल्लो क्रममा देवदहमा क्रिकेटप्रतिको आकर्षण बढिरहेको छ ।’ उनले भने, ‘हामीले त्यसलाई प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गरेका हौं ।’ 

    images
    images
    images

    यू–१६ प्रतियोगिताले देवदहको क्रिकेटको बेस तयार गर्ने आयोजक संस्थाका रोशन गौतमले बताए । ‘हामीले भर्खरै मात्र देवदह प्रिमियर लिग सम्पन्न गरेका छौं । यसले क्रिकेटप्रति देवदहवासीको चासोलाई उजागर गरिदिएको छ ।’ उनले भने, ‘डिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका यू–१९ का खेलाडी सुरज खड्काको संयोजनमा यो प्रतियोगित सञ्चालन गरिरहेका छौं ।’ 

    a8e7ae85-7f3c-47ff-9b27-defada5be367.jpg

    प्रतियोगितामा  विजेता टिमले नगद २५ हजार र उपविजेताले १५ हजार नगद  सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक १८ गते हुनेछ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू–१६ कप
  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।