Logo

२०८३, श्रावण २७गते


images
images

कमिन्स इङ्गल्याण्डविरुद्धको पहिलो एशेज टेस्टबाट बाहिरिए, स्मिथले कप्तानी गर्ने

कमिन्स इङ्गल्याण्डविरुद्धको पहिलो एशेज टेस्टबाट बाहिरिए, स्मिथले कप्तानी गर्ने

images
  • कमिन्स इङ्गल्याण्डविरुद्धको पहिलो एशेज टेस्टबाट बाहिरिए, स्मिथले कप्तानी गर्ने
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाका नियमित टेस्ट कप्तान पाट कमिन्स इङ्गल्याण्ड विरुद्धको पहिलो एशेज टेस्टबाट बाहिरिएका छन् । क्रिकेट अस्ट्रेलियाले कमिन्स ढाडको चोटबाट पूर्ण रूपमा निको नभएकाले पहिलो एशेज टेस्ट गुमाउने जानकारी दिएको छ ।

    images
    images
    images

    फास्ट बलर कमिन्सको अनुपस्थिति अस्ट्रेलियाको लागि ठूलो धक्का मानिएको छ, किनकि उनीहरूले इङ्गल्याण्ड विरुद्ध पाँच टेस्ट सिरिज खेल्ने तालिका छ ।

    images
    images
    images

    कमिन्सको अनुपस्थितिमा, स्टिभ स्मिथले पहिलो एशेज टेस्टमा अस्ट्रेलियाली टोलीको कप्तानी गर्नेछन् । क्रिकेट अस्ट्रेलियाले कमिन्सले आफ्नो पुनरागमनको तयारीमा चाँडै बलिङ सुरु गर्ने बताएको छ ।

    images
    images
    images

    ३२ वर्षीय कमिन्सले जुलाईमा विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पछि तीन खेलको टेस्ट सिरिज खेलेका छैनन् । त्यसपछि, कमिन्सलाई न्यूजील्याण्ड र भारत विरुद्धको सीमित ओभरको सिरिजबाट पनि बाहिर राखिएको थियो ।

    एशेजका अन्तिम तीन टेस्ट तीन हप्ता भित्र खेलिने तालिका भएकोले कमिन्स पूर्ण रूपमा फिट हुनुपर्नेछ । पर्थमा हुने सिरिजको पहिलो खेलको लागि स्कट बोल्यान्डले प्लेइङ एघारमा कमिन्सको स्थान लिने सम्भावना छ ।

    मिचेल स्टार्क र जोश हेजलवुडले फास्ट बलिंग आक्रमणको नेतृत्व गर्नेछन्, जसलाई अलराउन्डर क्यामरुन ग्रिन र ब्यू वेबस्टरले सहयोग गर्नेछन् । यद्यपि, हेजलवुडको फिटनेसको बारेमा आशंका रहेको छ ।

    एसेज सिरिजको पहिलो खेल नोभेम्बर २१ देखि २५ सम्म पर्थमा, दोस्रो टेस्ट डिसेम्बर ४ देखि ८ सम्म द गाबामा, तेस्रो टेस्ट डिसेम्बर १७ देखि २१ सम्म एडिलेडमा, चौथो टेस्ट डिसेम्बर २६ देखि ३० सम्म मेलवर्नमा र पाँचौं टेस्ट जनवरी ४ देखि ८ सम्म सिड्नीमा हुने तालिका रहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अस्ट्रेलिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।