Logo

२०८३, आश्विन ९गते


images
images

हैजा विरुद्धको खोप

पर्सा र बारामा ८५ प्रतिशतलाई खुवाइयो हैजा रोगविरुद्धको खोप

पर्सा र बारामा ८५ प्रतिशतलाई खुवाइयो हैजा रोगविरुद्धको खोप

images
  • पर्सा र बारामा ८५ प्रतिशतलाई खुवाइयो हैजा रोगविरुद्धको खोप
    images
    images

    जनकपुरधाम । पर्सा र बाराका स्थानीय तहमा हैजा रोगविरुद्धको खोप अभियान जारी रहेको छ ।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयले असोज २६ गतेदेखि शुरु भएको हैजाविरुद्धको खोप अभियानमा अहिलेसम्म ८ लाख ६४ हजार ५५३ जनालाई खोप खुवाइएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल पर्साका ५ एक लाख ४७ हजार ३११ जना र बाराका ३ लाख १७ हजार २४२ जनालाई खोप खुवाइएको छ ।

    images
    images
    images

    मन्त्रालयले दुवै जिल्लाका गरि १० लाख १८ हजार ६० जनालाई खोप खुवाउने लक्ष्य लिएको जनाएको छ ।  अहिलेसम्म लक्षित जनसंख्याको ८५ प्रतिशत जनसंख्यालाई हैजाविरुद्धको खोप खुवाइएको छ  । 

    images
    images
    images

    नेपाल सरकारले पर्सा र बारामा भएको हैजा महामारी नियन्त्रण गर्न इन्टरनेशनल कोर्डिनेटिङ ग्रुप अन भ्याक्सिन प्रोभिजनबाट हैजा विरुद्धको इयूभिचोल-एस खोप १० लाख १८ हजार ६० मात्रा प्राप्त गरेको जनाएको छ ।

    साथै पर्सा जिल्लाका सबै स्थानीय तहमा र असोज २८ गते बारा जिल्लाका ६ स्थानीय तहमा हैजा रोगविरुद्धको खोप अभियान संचालन गरिने भनिएकोमा हाल खोप अभियान दुवै जिल्लाका सबै स्थानीय तहमा संचालन गरिएको छ ।

    हैजा रोग विरुद्धको खोप एक बर्ष माथिका सबैलाई खुवाइने मन्त्रालयले जानकारी दिएको छ । यो खोप एक पटक मात्र दिइने र यसका लागि नजिकको स्वास्थ्य संस्था र वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यो खोप नि: शुल्क पाइने, सुरक्षित रहेको र खोपले जीवन रक्षा गर्ने हुनाले सबैले लिन मन्त्रालयले अपिल समेत गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हैजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।