काठमाडौँ । नेपालमा हैजा निवारणका लागि खानेपानी मन्त्रालयले सक्रियता देखाउन थालेको छ । मन्त्रालयलेले विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य र समन्वय गर्दै सुरक्षित पानी र सरसफाइलाई प्राथमिकता बनाउदै आइरहेको छ ।
खानेपानी मन्त्रालयका निमित्त सचिव ईञ्जिनियर मीना श्रेष्ठले नेपालमा हैजा निवारणको लक्ष्य हासिल गर्न खानेपानी मन्त्रालयले सुरुदेखि नै विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य र समन्वय गर्दै आइरहेको बताएका छन् ।
मन्त्रालयले आयोजना गरेको नेपालबाट हैजा निबारण गर्न खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वय र सहकार्यमा राष्ट्रिय हैजा निवारण योजना २०८२/२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा उहाँले हैजा फैलनुमा असुरक्षित र अस्वस्थकर खानेपानी, कमजोर सरसफाइ तथा स्वच्छताको भूमिका रहेको उल्लेख गर्दै हैजा निवारणका लागि यी क्षेत्रको सुदृढीकरण अनिवार्य रहेको बताए ।
उनले भने- 'स्वच्छ र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता हैजा उन्मूलनको आधारशिला हुन् । यसलाई राष्ट्रिय प्राथमिकताका रूपमा लिनु जरुरी छ ।' यसैगरी उनले नेपालमा हैजा नियन्त्रण र उन्मूलनका लागि साझा प्रयास, नीतिगत सुधार, बजेटको सुनिश्चितता र जनचेतनामूलक अभियानको आवश्यकता औँल्याए ।
उनले भने- 'खानेपानी मन्त्रालयले निकट भविष्यमा हैजा प्रभावित क्षेत्रहरूमा आकस्मिक प्रतिक्रिया प्रणाली, सुरक्षित पानी आपूर्ति, तथा स्वच्छताका कार्यक्रमहरू थप प्रभावकारी बनाउने योजना बनाएको जनाएको छ ।'
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले सरकारले सन् २०३० सम्म नेपाललाई हैजा मुक्त राष्ट्र बनाउने लक्ष्य लिएको र यसका लागि आवश्यक पूर्वाधार विकास, सूचनाको पहुँच, र जनस्तरसम्मको सेवा प्रवाह सुनिश्चित गर्नु प्रमुख चुनौती र अवसरका रूपमा रहेको बताए ।
कार्यक्रमका सहभागी तथा मन्त्रालयका सिडिई योगेन्द्र चित्रकारले नेपाल सरकारले सङ्क्राममक रोगहरूको सूचीको सातौँ क्रम सङ्ख्यामा हैजा रोग पनि समावेश गरिएको र पानीजन्य सर्ने रोग भएको कारण संघीय राज्य प्रणालीमा नेपालमा स्वच्छ र सुरक्षित खानेपानी, यसको गुणस्तर कायम गर्न एवं ढल व्यवस्थापन गर्न खानेपानी मन्त्रालयको अहम भूमिका रहेको सन्दर्भमा, र दिगो विकास लक्ष्य अन्तर्गतको लक्ष्य ३ र ६ प्राप्त गर्नलाई समेत सहयोग गर्ने बताए ।
हैजाको विश्वभरिको महामारीको अवस्था नेपालमा १८ औँ शताब्दीदेखि यसको निरन्तर प्रकोप लगायतको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिबद्धता अनुरुप राष्ट्रिय हैजा निवारण योजना तयार गर्दा विभिन्न विज्ञहरूको, सरोकारवालाहरुको राय सल्लाह, विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व सुनिश्चित गरिएको, विकास साझेदार, खानेपानी तथा सरसफाई क्षेत्रका सरकारी एवं गैरसरकारीसँग सहयोग र समन्वय गरी तयार पारिएको कार्यक्रमका सहभागीहरुले बताउनु भएको थियो । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology