काठमाडौँ । शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ आगामी मंसिर २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले काग तिहारको अवसर पारेर आइतबार फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो फिल्ममा नीर शाह, गौरी मल्ल, दिक्पाल कार्की, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, म्याक्स गणेश बुढाथोकी, कृष्ण थापा लगायतको अभिनय रहेको छ ।
अष्ट्रेलियन पीआर (स्थायी बसोबास अनुमति)का लागि नेपाली विद्यार्थीहरुले गर्ने संघर्षको कथामा फिल्म आधारित छ । रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको फिल्मका निर्माताहरू लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन् ।
यसमा निर्देशक बस्नेत स्वयंको कथा छ भने पटकथा र संवाद गणेश बुढाथोकीले तयार पारेका हुन् । फिल्ममा सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)को छायांकन, बन्दे प्रसादको सम्पादन तथा मानस राज र भीम बीसीको संगीत रहेको छ ।निर्देशक बस्नेतले फिल्ममा विदेश बस्ने नेपाली युवाहरूको यथार्थ चित्रण गरिएको बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology