Logo

२०८३, आश्विन १०गते


images
images

फिल्म 'मन बिनाको धन' अशोकको संघर्ष र सफलताको कथा, पोस्टर सार्बजनिक

फिल्म 'मन बिनाको धन' अशोकको संघर्ष र सफलताको कथा, पोस्टर सार्बजनिक

images
  • फिल्म 'मन बिनाको धन' अशोकको संघर्ष र सफलताको कथा, पोस्टर सार्बजनिक
    images
    images

    काठमाडौँ । संगीतकार टंक बुढाथोकीको निर्देशनमा बनेको फिल्म 'मन बिनाको धन' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य अभिनेता तथा गायक अशोक दर्जीलाई केन्द्रमा राखेर पोस्टर सार्बजनिक गरिएको छ ।

    images
    images
    images

    पोष्टरले फिल्म अशोकको संघर्ष र सफलताको कथामा बनेको अनुमान गर्न सकिन्छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ र रवीन्द्र झालाई पनि देखाइएको छ ।

    images
    images
    images

    ‘कथा जिरोदेखि हिरोसम्म’को ट्यागलाइन राखिएको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा लगायतको पनि अभिनय रहेको छ । फिल्ममा निर्देशक टंक बुढाथोकी स्वयंको कथा तथा संगीत छ भने शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको छ ।

    images
    images
    images

    कात्तिक २१ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकी संगीत र मित्र डि. गुरुङको सम्पादन रहेको छ । बिष्णु माया मैनाली निर्माता रहेको फिल्ममा जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह-निर्मातामा छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन बिनाको धन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।